अनलाइन प्रणालीबाट नहुने भो इपिएस भाषा परीक्षा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७२, सोमबार ०७:२८

काठमाडौं २९ चैत । सरकारले यस वर्ष पनि इपिएस भाषा परीक्षा अनलाइन प्रणालीबाट गर्न नसक्ने भएको छ । गत वर्षदेखि नै अनलाइनबाट परीक्षा गराउने तयारी गरिए पनि यो काम अहिलेसम्म पूरा हुन सकेको छैन । यो वर्ष जसरी पनि अनलाइनबाटै परीक्षा दिने योजना बनाइए पनि एक्कासी परीक्षा तालिका अगाडि ल्याउँदा कार्यान्वयन गर्न नसकिने अवस्था आएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।eps

विगत वर्षमा जस्तै यसपटक पनि भदौ असोजमा परीक्षा सञ्चालन गर्ने योजना अनुसार अनलाइनको तयारी प्रक्रिया अगाडि बढाइएकामा रोजगारदाता मुलुक दक्षिण कोरियाले परीक्षा असारमै गर्नुपर्ने अडान लिएकाले यसपटक परम्परागत तरिकाबाटै परीक्षा लिइनुपर्ने अवस्था आएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१