समय नपुग्दै चिरिन्छन् कोख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७२, सोमबार ०७:२५

काठमाडौं २९ चैत । सर्वोच्च अदालतले सरोगेसी सेवामा रोक लगाएपछि सरकारले गर्भमा रहेका र जन्मिनसकेका शिशुको भविष्यबारे निर्णय गरिसकेको छ तर अस्पतालले समय नपुग्दै शल्यक्रियाको जोखिम उठाइरहेका छन् ।pregnant

अस्पतालले बच्चा जन्मिने परिपक्व समय नपुग्दै शल्यक्रिया गरेर सरोगेट दम्पतीलाई शिशु बुझाउन थालेका छन् । उनीहरुले गर्भाधान भएको सात महिना नपुग्दै सम्बन्धित सरोगेट आमाको गर्भबाट शिशु निकालेर हस्तान्तरण गर्न लागेका हुन् ।

एक अस्ट्रेलियन दम्पतीले एक भारतीय महिलामा ०७२ साउन ३ गते भ्रूण त्यारोपण गरेको थियो । काठमाडौंमा प्रमुख सरोगेसी सेवाप्रदायक अस्पताल ग्रान्डी सिटी क्लिनिकले २०७२ माघ १४ मा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु जन्माएको छ जुन गर्भ रहेको ६ महिना ७ दिनमात्र हो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१