श्रीमानलाई ऋणको भारी बोकाएर अर्कैसँग भाग्दा…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७२, आईतवार १०:३२

nepali_money_bank_Annapurna_608435633काठमाडौं २८ चैत । श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भागने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका ८ की ३५ वर्षीया सुजाता राईलाई प्रहरीले पक्राउ गरेको छ । उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् ।

महुली सहकारी संस्था , डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँग ऋण लिएर उनी चैत १७ गते दोस्रो बिबाह गरेर भागेकी थिइन । उनलाई उदयवुरको कटारी बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रजित राईसँग विहै गरेर भागेको जानकारी पाएलगत्तै सुजाताविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सुजाताले श्रीमान्ले विदेशबाट पठाएको रकम समेत लिएर भागेको जनाइएको छ ।
नागरिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१