सिंगो गाउँ नै ल्याप्चे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७२, आईतवार ०९:२३

गोरखा २८ चैत ।  बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भर्पाई गराउँदा चालिसै घरका सदस्यले ल्याप्चे सही गरे ।finger print

‘हाम्रो गाउँको सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो,’ अघिल्लो साता भएको कार्यक्रमबारे स्थानीय बिही युवा मैत्री क्लबका सल्लाहाकार नवीन गुरुङले भने, ‘गाउँमा विद्यालय छैन, त्यसैले कसैले पनि पढ्न पाएनन् ।’ बिही गाविसका नौवटै वडामा विद्यालय नभएको उनले बताए । गाउँका केही युवा पढ्न काठमाडौं र सदरमुकाम गोरखा गएका छन् । उनीहरु गाउँ फर्कन मान्दैनन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१