लखनभाई रलक्षुमनीया बने धुर्मुस सुन्तली (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७२, आईतवार ११:५०

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) क्षमुमनीया र लखनभाईको भूमिकामा देखिने भएका छन् । बाल विवाह र चेलीबेटि बेचबिखन विरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म मुन्नीमा उनीहरु मधेसी पात्रको रुपमा देखिन लागेका हुन् । Dhurmus Suntali Munni 6पछिल्लो समय हाँस्य टेलिश्रृंखला मेरी बास्यै सँगै चेतनामुलक फिल्म निर्माणमा व्यस्त धुर्मुस सुन्तली चर्को घाम र हावाहुरीका बाबजुद मुन्नीको छाँयाकनका लागि लाहान पुगेका छन् । मुन्नीले बालमैत्री समाजको महत्व र आवश्यकतालाई दर्शाउने फिल्मका लेखक तथा निर्देशक सिताराम कट्टेल धुर्मुसले बताएका छन् । तराई भेगमा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पीँदा आई पर्न सक्ने जोखिमलाई फिल्ममा रमाईलो ढंगले प्रस्तुत गरिएको कुञ्जना घिमिरे सुन्तलीले बताएकी छिन् ।Dhurmus Suntali Munni 3 चलचित्रमा मुन्नीको भूमिकामा गायत्री सिंह देखिएकी छिन् । मुन्नीमा दिपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेम नारायण झा, गजेन्दर ठाकुरलगायतका कलाकार पनि देखिने छन् । मैथिली भाषाका संवादहरु बोल्नलाई केहि अप्ठ्यारो भए पनि मुन्नीलाई उत्कृष्ट बनाउने कोसीस गरिरहेको फिल्म युनिटले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१