भक्तपुर साहित्यिक समाजको अध्यक्षमा पुन मुनंकर्मि निर्वाचित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७२, आईतवार ०५:४६

bhaktapur rajkumarभक्तपुर।
भक्तपुर साहित्यिक समाजको १३ औँ साधारण सभा तथा आठौं अधिवेशन ख्वप गार्डेन ,दुधपाटी भक्तपुरमा समाजका अध्यक्ष राजुराम मुनंकर्मीको अध्यक्षतामा सम्पन्न भयो । उक्त अधिवेशनले आगामी ३ वर्षको लागि ७ सदस्यीय नयाँ कार्य समिति समेत सर्व सम्मत रुपमा चयन गरेको छ । नव निर्वा्चित पदाधिकारी तथा सदस्यहरुमा अध्यक्ष राजुराम मुनंकर्मी ,सचिव जितेन्द्र रसिक, कोषाध्यक्ष रन्जिता थापा र सदस्यहरुमा सानुभाई दियालि,पुरुषोतम प्रजापति,सुलोचना जोशी र राजेन्द्र खड्गी रहेका छन् । नव निर्वा्चित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत सोम शर्मा बजगाईँले प्रमाण–पत्र वितरण र शपथ ग्रहण गराउनु भयो भने सोहि साधारण सभा तथा अधिवेशनले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफल पश्चात पारित गर्दै प्रस्तावित विधान संशोधन मस्यौदा समेत पारित गरेको छ। साथै उक्त अधिवेशनमा समाजका पूर्व अध्यक्ष काशिराम विरस र श्याम सम्यक तथा निवर्तमान अध्यक्ष प्रभाकर असिमले बधांई ज्ञापन र मन्तब्य ब्यक्त गर्नुभयो । नयाँ कार्यसमितिको आजै बसेको पहिलो बैठकले बिबिध विषयमा प्रस्ताव पारित गर्दै ५३ औ साहित्यिक घुमन्ते साहित्यिक शृङ्खला २०७३ बैशाख २५ गते शनिवार १२ वजे भक्तपुरको दरवार स्क्वायर महादेवचोकमा सन्चालन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१