बशन्त ऋतु सँगै आएका नेपाली राजनितिका आयमहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ चैत्र २०७२, आईतवार ०५:४०

बशन्त ऋतुसामान्य तय नेपाली पुरानो साल लाई बिदा गर्दै नया बर्ष भित्र्याउने बसन्त ऋतु ले नेपाली समाज नेपाली बाताबरण देखि साहित्य सम्म नै निकै प्रभाब पारेको छ।६ ऋतु हरु मध्य को बसन्त ऋतु अरु भन्दा लोक प्रिय र ऋतु हरु की रानी नै मानिन्छ।बसन्त ऋतु ले प्रत्येक पुराना चिज हरु लाई अन्त्य गर्दै नया आयम को सिर्जना गर्ने गर्दछ।रुख बिरुवा हरुका पुराना पालुवा गई नया पालुवा आउने हरियाली रमणीय क्षण को अनुभव गर्न पाइने बसन्त ऋतु मा नया नया बिभिन्न थरी थरी का फुल हरु फूली ति फुल हरु मा   खेल्ने भ्रमर पुतली हरु को मन मोहक दृश्य नया पालुवा मा रामाउने चरा चुरूँगी हरु को धुन ले बाताबरण नै मन्त्र मुध्न हुने गर्दछ।
ऋतु र राजनीती एक दमै नितान्त फरक सब्द हुन।यहाँ ऋतु र राजनीती लाई एउटै हुन भन्न खोजीएको पनी छैन तर जसरी ऋतु हरुको एक ऋतु बसन्त ऋतु ले प्रत्येक पुराना चीज हरु लाई अन्त्य गर्दै नया आयम ल्याउछ त्यसै गरी नेपाली राजनीती मा पनी बसन्त ऋतु ले नेपाली राजनीती मा नया आयम हरु ल्याएको इतिहाश प्रचुर मात्र मा छन्।बीभिन्न बहाना तथा राजनितिक स्थिरता,आन्दोलन हरु र त्यसका उपलब्धि हरु मुलुकका धेरै राजनीतिक घटनाको विश्लेषण गर्दा वसन्त ऋतुका समय आन्दोलनका लागि उर्बर समय मानिन्छ ।
२०१७ साल मा जन निर्बाचित सरकार लाई अपदस्त गरी राजा महेन्द्र ले निरांकुश शाशन गरे।एक दलीय पञ्चायती ब्यबस्था का बिरुद्ध नेपाली कॉंग्रेश को प्रमुख नेतृत्व मा २०४६ साल प्रजातन्त्र स्थापना को लागी भएको आन्दोलन बसन्त ऋतु मा नै भएको थियो र यस आन्दोलन ले बसन्त ऋतु ले ल्याएको सुनौलो बिहानी जस्तै सुनौलो रह्यो।विसं २०६२÷६३ को आन्दोलन पनि वसन्त ऋतुकै समयमा भएको थियो ।चैत्र महीना देखि सुरु भएको आन्दोलन ले डेड दशक लामो राजतन्त्र लाई नै माशी दियो र बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र ले सात राजनितिक दल को माग अनुसार संसद पुन- स्थापना को घोशणा गरे। तराई–मधेस आन्दोलन पनि २०६३ माघ १ गते अन्तरिम संविधान जारी भएपछि वसन्त ऋतुकै समयमा उत्कर्षमा पुगेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१