निम्न रक्तचाप – कारण, रोकथाम अनि उपचार
हामी हाम्रो खाना-पिनाको बारेमा जानकारी नहुँदा र खान नजान्दा बिमारी हुन्छौं। हामीलाई स्वाद मनपर्छ, खाना होइन। हामी स्वादको भरमा खाना खान्छौं तर त्यसले हामीलाई के-कति राम्रो अथवा नराम्रो असर पुर्याउँछ भन्ने कहिल्यै होस पुर्याउँदैनौं, फलत हामी बिमारी बन्छौं। हाम्रो ब्लड प्रेसर वा रक्तचाप अनियन्त्रित हुनुको कारण पनि यही नै हो। आज हामी यसै विषयमा विस्तृत चर्चा गर्ने कोशिश गर्छौं। हाम्रो मुटुबाट शरीरभरिनै सफा र स्वच्छ खून लगातार सञ्चार भइरहन्छ। शरीरका अलग-अलग अङ्गमा पुग्ने रगतको आपूर्ति यही आर्टरीज वा धमनीबाट हुन्छ।
रगतलाई शरीरको सबै भागमा पुर्याउनको निम्ति मुटुले एउटा चाप सिर्जना गर्छ, प्रेसर। यो क्रममा मुटु नियमित रूपमा फैलिने र खुम्चिने गर्छ, लगभग हाम्रो श्वास-प्रश्वास अङ्ग फोक्सोजस्तै। फोक्सोमा हावाको सञ्चार हुन्छ भने मुटुमा रगतको। मुटुको मैला रगत फोक्सोमा हावाको अक्सिजनको सन्सर्गमा आएर पुनः स्वच्छ हुन्छ र शरीरको अन्य भागमा प्रवाहित हुन्छ। फैलिने र खुम्चिने प्रकियामा मुटु लगभग 60-70 चोटि प्रतिमिनटको दरले ढुक्ढुकिन्छ। यसरी मुटुको फैलिने र साँघुरिने क्रममा खून दबाउको बेला खून दबाउसितै आर्टरीजमा जान्छ।
यसलाई सिस्टोलिक प्रेसर भनिन्छ। मुटु खुम्चिएर पुनः पहिलाकै नर्मल स्थितिमा फर्केर आउँछ, यसबेला खुनको दबाउ आर्टरिजमा नर्मल बनेको हुन्छ। यसलाई डायास्टोलिक प्रेसर भनिन्छ। यी दुवै मापलाई डायास्टोलिक अनि सिस्टोलिक ब्लड प्रेसर भनिन्छ। ब्लड प्रेसर दिनभरि एकैखाले हुँदैन। बिहान (हामी सुतेर उठेको बेला) लगभग न्यून हुन्छ। जब हामी शारीरिक मिहिनेतका केही काम गर्छौं, जस्तै दगुर्नु, कड़ा कसरत गर्नु आदि, यसले प्रेसर बढ्छ। अर्कोतिर टेन्सन, दिक्दारी आदिले पनि प्रेसर बढ्छ। भोजनले पनि ब्लड प्रेसरमा फरक पर्दछ। बीपी मिलिमिटर्स अव् मरकरी (एमएमएचजी) मा नापिन्छ।
खासगरी निम्न रक्तचापमा रगतको प्रवाह धेरै धीमा हुन्छ। माथिको रक्तचाप सामान्यभन्दा तल झरेर 90 अथवा 100 तिर अथवा अझ तल र तलको रक्चाप 80 बाट घटेर 60 अथवा त्योभन्दा मुनि पुग्दछ। यस्तो स्थितिलाई निम्न रक्तचाप भनिन्छ। दुर्बलता, व्रत-उपवास, भोजनको कमी, शरीरमा जलको कमी, अधिक शारीरिक तथा मानसिक परिश्रम, मानसिक आघातका साथै अधिक रक्तस्राव हुँदाको स्थितिमा यस्तो हुन्छ। निम्न रक्तचापमा नाड़ी धीमा हुन्छ। अलिकति परिश्रम गर्दैमा थकित भएको अनुभूति हुन्छ। शरीर दुर्बल हुनु, आलस्य, अनुत्साह, शक्ति कम हुँदै जानु, कतिवटा कुराहरू भुल्नु वा विस्मृति, अलिकति मिहिनेतमामै चिड़चिड़ाहट, टाउको दुख्नु, रिँगाटा चलेजस्तो हुनु आदि निम्न रक्तचापको लक्षणमा पर्दछ।
प्रमुख कारणहरू
* अधिक मानसिक चिन्तन।
* अधिक शोक, चिन्ता, मानसिक परिश्रम।
* अधिक क्रोध, रिस, डाह, घृणा।
* खानाको निश्चित समय नहुँदा।
* धेरै मोटाउँदा वा धेरै लुते हुँदा पनि।
* शरीरमा पानी वा रगतको कमी हुँदा।
* उल्टी भइरहने, डेङ्गू-मलेरियामा, मुटुको बिमारी हुँदा, दम, इन्फेक्शन, अत्यधिक मोशन आउँदा।
* अचानक नराम्रो खबर सुनेर सहन गर्न गाह्रो हुँदा, कुनै भयावह दृश्य देखेर वा खबर सुनेर पनि बीपी लो भएको हुनसक्छ।
प्रमुख लक्षण
* अनुहारमा उदासिनता।
* आँखा राता-राता हुनु।
* नाड़ीको गति धीमा हुनु।
* धेरै तिर्खा लाग्नु र तेज गतिमा आधा-अधूरो सास फेर्नु।
* निराश हुनु (डिप्रेशन)।
* दृश्यहरू मधुरो देखिनु। स्पष्ट नदेख्नु,
* थकान, कमजोरी, चक्कर आउनु आदि।
खानुपर्ने खानापीना ः
* पालक, मेथी, लौका, सजना र हरियो सब्जीहरू।
* अनार, अम्बक, आइफल, केला, अंगुर।
* कोलेस्ट्रल बढ़ेको छैन भने अलिकति घिउ खान सकिन्छ।
* केसर, दही, दूध र दूधबाट तयार पारिएका खाद्यपदार्थहरू।
* सिधे नुनको प्रयोग गर्नुपर्छ।
* आइफल, गाजर वा बेलको रस खानुपर्छ।
* दिन तथा रातमा धेरै पानी पिउनुपर्छ। कम्तीमा दिनमा डेढदेखि दुइ लिटर पानी पिउनैपर्छ।
* तुलसी, मरिच, ल्वाङ्ग र अलैंचीको चिया बनाएर (दूध नहाली) पिउनेगर्नुस्। यसमा सबैको मात्रा एक-एक ग्राम हुनुपर्छ।
* तोरी र सुठो (अदुवाको धूलो) बराबर मात्रामा लिने र पानीमा राम्ररी मिश्रण गर्ने अनि खुट्टाको पैतालामा मल्ने। प्रतिदिन सब्जीमा अलिकति लसुन झान्ने। काँचो लसुन खाँदा उच्च रक्तचापलाई त्यत्तिकै लाभ पुग्छ भने निम्न रक्तचाप भएकाहरूले यसको धेरै मात्रा प्रयोग गर्नु उचित होइन।
* देशी गु़ँड सधैं बिहान 50 ग्राम खानुपर्छ।
* आइफल, मेवा, अमला, आँपको सेवन अधिक गर्नुपर्छ।
* प्रतिदिन गाजरको एक गिलास रसमा 10 ग्राम मह मिलाकर 30 दिनसम्म पिउने गर्नुपर्छ।
* पदिनाको चट्नी वा रसमा सिधेनुन, मरिच, किसमिल लगाएर सेवन गर्नुपर्छ।
* बिहान खाली पेटमा आइफलको रस खाने गर्नुपर्छ।
* हिङको सेवनले रगत नलीमा (नसामा) जम्न पाउँदैन र रक्त सञ्चार ठीक रहन्छ। यसले निम्न रतचापलाई पनि ठेगाना लगााइदिन्छ। यसकारण निम्न रतचापमा हिङको सेवन गर्नुपर्छ।
* भोजनमा नुनको मात्रा अलिकति धेरै गर्दा राम्रो हुन्छ।
रोकथाम र उपचार
धुमपानबाट सदैव टाढ़ा रहनुपर्छ, सदैव सक्रिय रहनुपर्छ। धेरै आलस्य नगरेर कुनै हल्का काममा अथवा पढ़ाइतिर भुल्लिनुपर्छ।
एलोप्याथी
एलोप्याथिक डक्टर लोबीपी -लाी बिमारी नमानेर अन्य कुनै रोगको लक्षण वा परिणाम मान्छन्। यसकारण जाँच नगरीकन कुनै पनि औषधि खाने सल्लाह दिन सकिँदैन।
होम्योप्याथी
होम्योप्याथीमा बेग्ला-बेग्लै कारण खुट्याएर लोबीपीको निम्ति अलग-अलग औषधिहरू दिइन्छ।
1. एक्सिडेण्ट, अपरेशन वा महिलाहरूमा प्रसवमा अथवा मासिक कालमा धेरै रगत बहँदा हुने लोबीपी (लो ब्लड प्रेसर) -को निम्ति चाइना-30 को पाँच-पाँच गोली दिनमा चारचोटि तीनदेखि चारदिन सेवन गर्नुपर्छ।
2. कुनै पनि प्रकारको शोकको कारण हृदयमा चोट परेको छ र यसबाट लो ब्लड प्रेसर भएको छ भने एकोनाइट-30 वा इग्नीशिया-30, वा मसकस-30 पाँच-पाँच गोली गरेर दिनमा चारचोटि, कालीफस-6 एक्स चार-चार गोली गरेर दिनमा चारचोटि दिइन्छ।
3. यदि सधैंजसो लो ब्लड प्रेसर रहन्छ भने आर्सेनिक एल्बम-30 वा जेल्सिमियम-30 अथवा फस्फोरिक एसिड-30 को पाँच-पाँच गोली दिनमा चारचोटि लिनुपर्छ।
आयुर्वेद
निम्नलिखित उपायहरूमध्ये कुनै एक उपाय गर्नुपर्छ।
1. सिद्धमकरध्वजको खुराक रोगीको अवस्था हेरेर बैद्धराजद्वारा बनाइएपछि खुवाउनुपर्छ।
2. वृह्दवातचिन्तामणि रसको आधा-आधा गोली बिहान-बेलुकी दूधसित सेवन गर्नुपर्छ। योगेन्द्र रसको आधा गोली पानीसित दिनमा एकचोटि सेवन गर्नुपर्छ। (सिद्धमकरध्वज, वृह्दवातचिन्तामणि रस र योगेन्द्र रस, यी तीनै औषधि अधिक बीपी-लो हुँदामात्रै र वैद्यको देखरेखमानै सेवन गर्नुपर्छ।)
3. मकरध्वजको एक गोली प्रत्येक दिन लिनुपर्छ।
4. कपूरादि चूर्ण एउटा सानो चम्चीमा बिहान बेलुकी पानीसित प्रत्येक दिन सेवन गर्दा राम्रो हुन्छ र यो प्रयोग मधुमेह भएकाहरूले पनि गर्नसक्छन्।
6. मृगाङ्ग पोटली पाउडरको एक रत्ती बिहान-बेलुकी पानीसित सेवन गर्नुपर्छ। मधुमेह (सुगर)का रोगीहरूले पनि यो लिनसक्छन्। मुटुको रोगमा यो अत्ति राम्रो हो र तागत पनि दिन्छ।
7. चार रत्ती वा आधा सानो चम्ची अश्वगन्धा चूर्ण वा दुइ रत्ती प्रवाल पिष्टी (प्रवाल पिष्टी क्याल्सियम बढ़ाउँछ) दुइ रत्ती पानीसित लिनुपर्छ।
8. दुइ चम्ची अश्वगन्धारिष्ट बराबर मात्रामा पानी फिटेर सेवन गर्नुपर्छ। दुइ सानो चम्ची बलारिष्ट वा अर्जुनारिष्ट आधा कप पानीसित सेवन गर्नुपर्छ।
9. यदि रक्तचापसितै सुगरको समस्या छ भने अर्जुन उद्भिदको बोक्राको चूर्ण दुइ चम्ची लिने र पानीमा उमाल्ने। त्यसपछि कपड़छान गरेर पिउने।
10. मधुमेहका बिमारीहरूले अश्वगन्धाको पाउडर आधा सानो चम्ची पाउडर पानीसित लिनुपर्छ वा गोली बनाएर एक-एक गोली बिहान-बेलुकी पानीसित पिउनुपर्छ।
अन्य घरेलु कुराहरू ः
1. राति पाँचवटा बदाम भिजाइराख्ने। बिहान खाली पेटमा एउटा बादाम र एउटा मरिच दुइ-तीन मिनट चबाएर खाने। यसरी नै अन्य बदाल मरिचसित चबाउने अनि मात्र बिहानको खाजा खाने।
2. लो बीपी हुनेहरूले चिया-कफी राम्ररी नै लिन सकिन्छ। यसले बीपी बढ़ाउँछ। नुन-चिनी-पानी अथवा इलेक्ट्रल पाउडरको घोल लाभकारी हुन्छ। बिहानै यो पिउने गरेमा एक महीनाभित्रै रक्तचाप सही हुनसक्छ।
3. हर्दी पाउडर आधा चम्ची दूधसित दिनमा कुनै पनि समयमा लिनसकिन्छ। यसले निक्कै आराम मिल्छ। ठीक भएपछि छाड़िदिनुपर्छ।
4. छोड़ाएको चार बादाम, एक चम्ची मह र एक चम्ची मिश्री पिस्ने र त्यो पेस्ट दुइ खुराक बनाएर बिहान बेलुकी सदैव खाने। यसरी यो घरेलु उपचार केही दिन गरेपछि बन्द गर्ने। पाकेको शरीफा (फल) अनि सीताफल सेवन गर्दा धेरै लाभ मिल्छ।
योग
योग उच्च र निम्न दुवै प्रकारका रक्तचापमा धेरै प्रभावकारी उपाय हो। यसमा कपालभाति, अनुलोम-विलोम क्रिया फाइदाजनक हुन्छ। आसनहरूमा उत्तानपादासन, कटिचक्रासन, पवनमुक्तासन, नौकासन, मण्डुकासन र सुतेर साइक्लिङ गर्नु (खुट्टा साइक्लिङ गरेजस्तो चलाइरहनु) रक्तचापमा लाभकारी आसन क्रियाहरू हुन्। लेखक – Deoprakash Sharma

प्रतिक्रिया