अस्मी श्रेष्ठ भइन् मिस नेपाल २०१६

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७२, शनिबार १०:४७

काठमाडौं २७ चैत  । प्रतिस्पर्धीलाई उछिन्दै अश्मि श्रेष्ठ मिस नेपाल– २०१६ भएकी छन् ।शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा अश्मि मिस नेपाल घोषित भइन् । उनलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिइन् । अस्मीले मिस नेपालसँगै मिस फोटोजेनिकको पनि उपाधि हात पारिन् ।
दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । विजेता भएवापत उनले विभिन्न पुरस्कार पनि पाएकी छन् ।

मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् ।miss  nepal 2016

काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर अन्तिम प्रतिस्पर्धी छानिएको थियो । मिस नेपाल अर्थको उपाधि रोशनी खत्रीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि वर्षा लेखीले जितिन्।

त्यसैगरी मिस ट्यालेन्टको उपाधि सिर्जना रेग्मीले जितिन् भने मिस कन्फिडेन्ट्स मिस पर्सनालिटीको उपाधि रोशनी खत्रीले जित्न सफल भइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१