कैदीलाई जेलको सट्टा समाजसेवामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७२, शनिबार ०८:११

काठमाडौं २७ चैत ।  समान्य किसिमको अपराधमा परेका व्यक्तिले जेल नै बस्न नपर्ने भएको छ । कारागार व्यवस्था बिभागको प्रस्ताव अनुसार सामजिक तथा विकास निमार्णमा काम गरेर उनीहरुले कैद भुक्तान गर्न सक्नेन् ।

असल चालचलन भएका कैदीलाई परिवारको रोहबरमा सामुदायिक सेवामा लगाउने खोजिएको हो । तीन वर्ष भन्दा कम सजाए हुने अपराधमा पक्राउ परेकाहरुलाई सामाजिक तथा विकास निमार्णको काममा लगाउने प्रस्ताव कारागार व्यवस्था बिभागले गरेको छ ।
कारागार ऐन नियमावलीमै भएको प्रावधान कार्यान्वयन गर्न छलफल अघि बढाइएको विभागका प्रवक्ता वेदप्रसाद खरेलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१