गाडी एउटा , इन्जिन अर्कै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७२, शनिबार ०८:०३

काठमाडौं । उपत्यका  ट्राफिक महाशाखास्थित पीडित सहायता एकाइमा गत शुक्रबार अचानक अज्ञात व्यक्तिको फोन आयो । उनले आफ्नो नाम नखुलाउने सर्तमा चोरीको गाडी दरबारमार्गमा रहेको बताउँदै तुरुन्तै नियन्त्रणमा लिन प्रहरीसँग आग्रह गरे । त्यसपछि प्रहरी टोली दरबारमार्गतिर दगुर्यो । दरबारमार्गबाट गन्तव्यतर्फ जान लागेको बा२च ९९५५ नम्बरको टोयोटा ल्यान्ड क्रुजरलाई प्रहरीले नियन्त्रणमा लियो र अनुसन्धान थाल्यो ।toyota

‘गाडीको बडी एउटा इन्जिन र च्यासिस अर्कै,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अप्रिल फुलको दिन पहिले त त्यो मान्छेले अप्रिल फुल मनाएको हो कि जस्तो लाग्यो, पछि हेर्दै जाँदा थाहा भयो, च्यासिस नै परिवर्तन गरेको गाडी ।’ प्रहरीका अनुसार गाडी एउटा र इन्जिन अर्कै भएका धेरै गाडीहरु फेला पर्ने गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१