बैतडी । बैतडीको कुवाकोट गाविसमा बिहीबार साँझ चट्याङले तीनजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा कुवाकोट– ६ का रघुनाथ पन्त, उहाँकी श्रीमती निर्मला र छोरा दिवस रहेका छन् । पन्तको गोठमा रहेको एउटा खसी मर्नुका साथै घरमा राखेको कम्युनिकेसनमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले जानकारी दिए । रासस
प्रतिक्रिया