विदेशमा कामदारको मृत्यु भए परिवारले साढे १७ लाख पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७२, शुक्रबार ०७:१३

१० लाख बीमा, ३ लाख वैदेशिक रोजगार कल्याणकारी कोष र साढे ४ लाख शव ल्याउन

वैदेशिक रोजगारका क्रममा कामदारको मृत्यु भए मृतकका परिवारले क्षतिपूर्तिस्वरुप साढे १७ लाख पाउने भएका छन्। कामदारको मृत्यु भए मृतकका परिवारलाइ क्षतिपूर्तिस्वरुप १० लाख बीमा, ३ लाख वैदेशिक रोजगार कल्याणकारी कोष र साढे चार लाख शव ल्याउन तथा काजक्रियाको लागि  साढे १७ लाख दिइने बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए। वैशाख १ गते बाट यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको काफ्लेले जानकारी दिए।

यसअघि बैदेशिक रोजगारमा जाने ब्यक्तिको ५ लाखको बीमा गरिएको हुन्थ्यो । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले बीमाको प्रिमियम बढाएसँगै बिदेश जाने कामदारले पनि बीमा शुल्क बढी तिर्नुपर्ने भएको छ । यसअघि बिदेश जाने कामदारले बीमाको प्रिमियम बापत झन्डै १८ सय रुपैयाँ तिर्ने गर्दथे। तर अब भने यस्तो रकम बढेर २ हजार २१ रुपैयाँ पुगेको छ।

अहिले बाहिर जाने कामदारले बीमाको प्रिमियम बापत तिर्नुपर्ने रकम २ हजार २१ रुपैयाँदेखि १९ हजार १ सय ४० रुपैयाँ पर्दछ।

काफ्लेले भने ‘बैदेशिक रोजगारमा गई ज्यान गुमाउनेको परिवारको बिचल्ली भएको भयो, त्यसैले  क्षतिपुर्ति रकम बढाएर परिवारको आर्थिक स्थितिमा सुधार ल्याउने सोचका साथ यस्तो निर्णय गरेका हौ। ’
बीमाङ्क तथा प्रिमियम रकम बढाउनको लागि बीमा समितिमा बोर्डले पत्राचार गरेको छ।

त्यस्तै एजेन्टलाई अहिले २० प्रतिशत कमिसन दिने ब्यवस्था गरिएको छ। बोर्डले भने यो आवश्यक नरहेको भन्दै हटाउँन आग्रह गरेको छ। यसरी २० प्रतिशत कमिसन् हटाएसँगै प्रिमीयम ४५ प्रतिशतमा झर्ने काफ्ले बताउँछन्।

बीमा नियमावली २०४९ को अनुसूची ११ मा बीमा अभिकर्तालाई कमिसन दिने व्यवस्था गरिएको छ। बोर्डले बैदेशिक रोजगारमा जानेहरुको बीमाका क्रममा अभिकर्ताको आवश्यकता नपर्ने हुँदा अभिकर्तालाई प्रदान गर्ने कमिसनको व्यवस्थामा संसोधन गर्नुपर्ने काफ्लेले बताए।

यस आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि विदेशिएका ४६१ नेपाली कामदारको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांक अनुसार ६ महिनामा मलेशियामा सबैभन्दा बढी २०७ जना नेपाली कामदारको मृत्यु भएको छ । साउदी अरबमा १२८, कतारमा ६९, दुबईमा २७, कुबेतमा १५, बहराइनमा ६ र दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ ।

जापान, ओमान र रुसमा भने एक/एक जनाको मृत्यु भएको बोर्डले जनाएको छ । मृत्यु हुनेमध्ये ४५८ पुरुष र तीन जना महिला छन् । तथ्याङ्कअनुसार औशतमा महीनामा ७७ जना नेपालीको विदेशमा मृत्यु हुने गरेको छ । सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१