विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्ध खेल्दै नेपाली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७२, शुक्रबार ०६:३७

sandipनामिबिया विरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोलिमा ३ नयाँ खेलाडीले स्थान बनाएका छन्।
बंगलादेशमा भएको यु(१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका सन्दीप लामिछानेसहित ३ नयाँ खेलाडी छानिएका हुन्। सन्दीप, राजु रिजाल र सुसान भारी पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्।
सुसान भारी घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सफल भएका हुन्। उनले यसअघि यु(१९ एसिया कपलगायत केही महत्वपूर्ण प्रतियोगितामा पनि सहभागीता जनाइसकेका छन्।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अन्तर्गत बैशाख ४ र ६ गते नेपालले नामिबियासँग खेल्दैछ। खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ। क्रिकेट एसोसिएसन अफ नेपाल ९क्यान०ले प्रतियोगिता खेल्ने राष्ट्रिय टोली आज सार्वजनिक गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१