हुलाक सेवाको प्रभाव र लोकप्रियता अझै कायमै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७१, बुधबार ०९:०४

POSTBOXnotebook

नवलपरासी, ११ असार । नवलपरासीमा दरबन्दी अभाव र निजी क्षेत्रमा खुलेका सञ्चारगृहसँग प्रतिस्पर्धा गर्नुपर्ने भए पनि सरकारी हुलाक सेवाको प्रभाव र लोकप्रियता भने अझै कायमै रहेको पाइन्छ ।जिल्ला हुलाकअन्तर्गत १५ इलाका र ५८ अतिरिक्त हुलाकमा १३६ को दरबन्दी रहने भए पनि ७९ को दरबन्दीमा जिल्ला हुलाक सञ्चालनमा आइरहेको छ । सरकारी हुलाक भरपर्दो र विश्वसनीय भए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न दरबन्दीअनुसार कर्मचारी र आवश्यक बजेटको व्यवस्था भएमा यसको प्रतिस्पर्धामा कोही आउन नसक्ने दाबी छ जिल्ला हुलाक कार्यालयको छ ।जिल्ला हुलाकले ग्राहकलाई सजिलो, सस्तो र भरपर्दो सेवासुविधा दिन जिल्लाका सुनवल, बर्दघाट, त्रिवेणी, गैँडाकोट, कावासोती, दुम्कौली, अरुणखोला र तिलकपुरमा टेलिसेन्टर स्थापना गरी सेवा दिइरहेको सो कार्यालयले जनाएको छ । टेलिसेन्टर खोली त्यहाँबाट फोटोकपी, लेमिनेसन, इन्टरनेट, फ्याक्स, स्क्यानिङ, इलेक्ट्रोनिक सेवा तथा तालिमसमेत दिइरहेको छ ।टेलिसेन्टरबाट कम्प्युटर तालिमसमेत सुरु गरिएको र यसमा व्यापक सहभागिता बढेको कार्यालयले जनाएको छ । यसप्रति सर्वसाधारणको विश्वास बढेको र यसलाई भरपर्दो बनाउन सरकारीस्तरबाटै पहल चालिनुपर्ने स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१