खै कताबाट सुरूवात गरू यी मेरो वाक्याशंहरू जताबाट लेख्न खोज्दा पनि समेटिने ठाउँ कतै पनि भेट्दिन जे होस आज वास्तविकतामा कलम चलाउने जमर्को गर्दै छु।वास्तविकतामा डुबुल्की मारेर गहिरिएर सोच्ने हो भने बिदेशीएका नेपालीहरूको कस्तो पीडा र चीत्कार छ भन्ने कुरा तपाईहरू अनुमान पनि लगाउन सक्नु हुन्न।जो खाडी मुलुकमा बिदेशिनु भएको छ उहाँहरूलाई मात्रै थाहा छ विदेशीनुको पीडा।जति पनि खाडी मुलुक लगाएत विश्वका अधिकांश देशहरूमा काम गर्न जाने गाउँ बस्तिबाट नै हो।आफ्नो भएको घर बारी वैंक अथवा साहुँकोमा बन्दकी राखेर सय कडा ५ %ब्याजमा पैसा लिएका हुन्छन। आफुले आफुलाई नै नेपालका म्यान पावर कम्पनी मार्फत बेचेर खाडी मुलुक तिर विदेशीन्छन। जब विदेशीन्छन् नेपाली त्यस पछि सुरू हुन्छ दु:खका दिनहरू गर्मी महिनामा ५०/५२ डिग्री र जाडो महिनामा अत्यन्तै चिसोमा काम गर्न बिबश हुन्छन्।सबै जना राम्रो कम्पनिमा पर्छ भन्ने पनि छैन प्राय खाडी मुलुकमा जानेहरू लेबर काममा नै हो कमै मात्रामा सुरक्षाकर्मी,होटल रेष्टुरेन्ट,सपिङ महल, बगैचे,खानेपानीमा निर्माण साथै घरेलु कामदारका रूपमा कार्यरत छन।खाडी मुलुक भन्नाले कतार ,साउदी,दुवई ,ओमन ,वहराईन ,कुवेत ,ईराक लगाएतका देशहरू पर्दछन।यी देशमा कार्यरत नेपालीहरू १०० मा ९०%भन्दा बढी गाँउघरबाट विदेशीएकाहरू नै हुन।सबैले गाँउघरमा ऋण लिएर नै गएका हुँदा ऋण तिर्न नै चटारो पर्दछ।पहिलो चोटी विदेश जाँदा ३ बर्ष सम्म घर जान पाईदैन।खाडीको ५०/५२ डिग्रीको तातो घाममा त्यसमा पनि आउट डोर मतलब बाहिर काम गर्नु पर्दा जीउको पसिना जीउमा नै सुकेर पसिना नै नआउने स्थतिमा हुन्छ खुल्ला आँखाले घाममा हेर्न सकिदैन बालुवामा हावा चल्दा बिना चश्मा हिड्न सकिदैन।यसरी दु:ख गरि कमाउने भनेको मरी मरी महिनाको ४०/५० हजारको आसपासमा हो अझै कसैलाई त नेपाली ३० हजार पनि कमाउन कठीन छ। उता घरमा लिएको ऋणको भाका पनि आई सकेको हुन्छ यता खाडी मुलुकमा बालुवामा र तातो घाम संग पौठे जुहारी खेली भोलीको सुनौलो भविष्यको परिकल्पना गरेर दिन बिताउदै भएको पैसा घर पठाउछन। लागेको ऋण त बल्ल बल्ल तिर्छन तर कतिको त परिवारको सदस्यको कमी कम्जोरीले गर्दा पठाएको पैसा पनि ऋण नतिरी भोलीको मिठो सपना बुनेर विदेशीएका श्रीमानको जीवन माथि नै खेलवाड गरी पठाएको पैसा तहस नहस बनाएर अलपत्र पारेको पनि धेरै घटनाहरू छन। २/३ बर्षमा घर जाँदा हातमा स्क्रिन टच मोवाईल राम्रो एक जोडी कपडा आँखामा कालो चश्मा लगाएर गाँउघर घुम्दा अरूलाई आभास हुन्छ यसले विदेशमा खुबै मोज गरेको रहेछ भनेर तर कसले बुझ्ने यी खाडी मुलुकमा विदेशीएका लाहुरेको कथा ब्यथा हात भरी काम गरेको ठेला र मरूभुमिको बालुवासंग साटेको रगत र पसिनाको मर्म।विदेशमा काम गर्न त्यति सजिलो हुदैन तर उता घरमा महिना मर्न पाउदैन वुवा आमा भन्नु हुन्छ छोरा पैसा कहिले पठाउछौ।श्रीमति भन्छिन बुढा पैसा कहिले पठाउछौ भन्छन तर बिचरा लाहुरेको भने आफ्नै पीडा काम गर्दा गर्दै कति खेर मरिने हो एकिन नै हुँदैन ५०/६० तलाको बिल्डिङको बाहिर डोरीको भरमा काम गर्दा कस्तो हुन्छ भन्ने बारे घरका र गाँउकालाई के थाहाँ तर पनि मलिन त्यो मुहारमा हासो ल्याउने कोशीश गर्छन विदेशीएकाहरू जसो तसो काम गरि रहेका हुन्छन। विदेशीएका सबै सक्लै नेपाल फर्कन्छन भन्ने पनि छैन कोही अपाङ्ग भएर फर्कन्छन त कोहि बाक्सामा बन्द भएर नेपाल फर्कन्छन।तपाई हामी त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा गएर एक छिन अवलोकन गर्ने हो भने दैनिक विदेश काम गर्न गएका हरूको मृत शरीर बाक्सामा बन्द भएर आउछ। यसरी भौतिक शरिर बाक्सामा बन्द भएर आउनेमा मलेशीया गएका नेपाली कामदारहरूको भौतिक शरिर बढी छन्।कोहि दुर्घटनामा परी मृत्यूवरण गरेका छन भने कोहि सुतेको अवस्थामा र कोहिलाई हत्या गरिएका कयौ उदाहरण छन।त्यसैले विदेशीएकाहरूले पनि आफ्नो स्वास्थ्य र शरिरको ख्याल गर्नु जरूरी छ।विदेश भन्ने बित्तिकै पैसा रूखको पात टिपे झै टिप्ने ठाँउ होईन यहाँ त पैसासंग पसिना र रगत साट्नु पर्छ। खाडी मुलुकमा अर्को पीडादायी कुरा नेपाली चेलीहरूको हो।नेपाली चेलीहरूलाई नेपालबाट र भारतको बाटो प्रयोग गरी दलालहरूले विदेशी भूमि (खाडी )मुलुक कुवेत,वहराईन,ओमन कतार दुवई लगाएत अरू देशहरूमा लगेर घरेलु कामदारका रूपमा प्रति ब्यक्ति २ लाख ५० हजार सम्म नेपाली रूपैयामा बेचेको उदाहरण हामी सामु धेरै छन।यसरी सिधै नेपाली दलालहरूले विदेशीहरूलाई वेचि रहेका छन। कयौ नेपाली चेलीहरू खाडी मुलुकमा बेचिएका छन उनीहरूको पीडा पनि त्यस्तै छन।समयमा तलव नदिने काम गर्नै बसेका घरका मान्छेबाट यौन हिंसा पनि भएका थुप्रै घटनाहरू छन।ति चेलीहरूको भविष्य खाडी मुलुकमा अन्धकार बन्दै गई रहेको छ। त्यसैले यस्ता कुराहरूमा नेपाली चेलीहरू पनि सजग हुन जरूरी छ विदेश हिड्दा हरेक कुरा बुझ्नु जरूरी छ।कसैको बिश्वासमा परेर दलालको फन्दामा फसिन बेर लाग्दैन चेतना आउन जरूरी छ।खाडी मुलुकमा विदेशीएका नेपालीहरू मन भित्र बिभिन्न कल्पनाका महलहरू सृजना गरि मरूभूमिको तातो बालुवा संग पौठे जुहारी खेलि रहेका छन। यसरी पौठे जुहारी खेली कमाएको पैसालाई सहि तवरवाट सदुपयोग गरि दिनु हुन उहाँहरूको आफन्तलाई म विदेशी भुमि मकाउबाट बिनम्र अनुरोध गर्दछु।आउँदा दिनहरूको मिठो कल्पना गरी जीवन जीउने कोशीश गर्नु पर्छ। अन्त्यमा मेरो आफ्नो ब्यक्तिगत तर्फ र सारा विदेशीएका नेपालीहरूको तर्फबाट नेपाल सरकार सामु एउटै बिनम्र अनुरोध यि विदेशीएका नेपालीहरूलाई मासिक ३०/४० हजार कमाउने वाताबरण प्यारो जन्मभूमि नेपालमा नै मिलाई दिनु भयो भने भविष्यमा यसरी ५०/५२ डिग्रीको तातोमा काम गर्नु पर्ने थिएनकी नेपालीहरूले। धन्यवाद। कर्ण बहादुर अधिकारी सचिव गैर आवाशीय नेपाली संघ मकाउ
प्रतिक्रिया