ग्राण्डी अस्पतालमा दोश्रो युरोकन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७२, शुक्रबार ०६:०१

hospitalकाठमाडौ । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा ‘दोश्रो युरोक सम्मेलन २०१६’ शुरु भएको छ । नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जन्स (नाउस) को आयोजनामा हरेक दुई बर्षको अन्तरालमा हुने यो सम्मेलन विहीबार सुरु भएको हो ।

सम्मेलनको सूरुवातको ‘प्रि कन्फ्रेन्स बर्कशपमा’ युरोकोनका बैज्ञानिक प्रमुख समेत रहेका बरिष्ठ युरोसर्जन डा. प्रेमराज ज्ञवाली, भारतबाट आएका युरोसर्जन डा. कान्दर्भ पारिख , डा. प्रभाकर मुनीअप्पन र चीनबाट आएका युरोसर्जन प्रा. डा. चुन सियाओ लीउले शल्यकृया गरेका थिए । चीकित्सकहरुले पाँचवटा रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी र एउटा प्रोस्टेट सर्जरी गरी ६ वटा शल्यकृया गरेका थिए । ग्रान्डी अन्तराष्ट्रिय अस्पतालको ११ तल्लामा रहेको अपरेशन थियटरबाट सम्मेलन स्थल अस्पतालकै दोश्रो तल्लामा रहेको सभाकक्षमा प्रत्यक्ष प्रशारण मार्फत देखाईएको थियो ।grandi 3
तिन दिने सम्मेलनको उद्घाटन तथा ‘प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप’ विहीबार ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा गरियो भने बाकी दुईदिनको कार्यशालामा एक होटलमा गरिने छ । बाँकी दुईदिन शुक्रबार र शनिबार बैज्ञानिक कार्यपत्रहरुमाथिको छलफल हुने कार्यक्रम संयोजक ग्रण्डी अस्पतालका संचार संयोजक विनोद अधिकारीले जानकारी दिए ।grandi
ग्राण्डी अस्पतालको युरोलोजी तथा मृगौला पत्यारोपण बिभागका प्रमुख समेत रहेका डा. ज्ञवालीले पिसावसंग सम्बन्धित कुनैपनि उपचारकालागि बिदेश जानुपर्ने बाध्यता नरहेको जानकारी गराए । सम्मेलनमा पत्रकारहरुसँग कुराकानीगर्दै उनले विश्वस्तरको उच्च प्रबिधिबाट हुने कुनैपनि उपचार अब नेपालमा नै सम्भव रहेको समेत दाबी गरे ।
सम्मेलनमा नेपाल, भारत, चीन, कुवेत, सिंगापुर र न्यूजिल्यान्डका १ सय ५० जनाभन्दा बढी चीकित्त्सकहरुको सहभागिता रहेको छ । देश बिदेशका नयाँ युरो सर्जनहरुलाई युरोलोजिकल सर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला उपलब्धि र नयाँ प्रबिधिबारे प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।grandi 2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१