साडी चोलो लगाएकी ज्योति मगर बिरामी भएपछि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७२, बिहीबार १७:१५

krihsan aकाठमाण्डौ । गायीका तथा मोडल ज्योति मगरलाइ अधिकांशले भल्गर कलाकारको रुपमा चिन्छन् । तर साडीचोलो लगाएर सन्देशमुलक अभिनयमा पनि उनी उत्तिकै जम्न सक्छिन् भन्ने उनले अर्को गीत तथा म्युजिक भिडियोबाटपुष्टि गरेकी छन् । आयुर्वेदिक औषधीको महत्वलाइ समेटेर तिर्सना म्युजिक प्रालिले दोहोरी गीतमा गाउनुका साथै उनले सन्देशमुलक भिडियोमा अभिनय गरेकि छन् । खुमन अधिकारी तथा ज्योति मगरको स्वरमा रहेको आयुर्वेदिक औषधी खाएसी चट्टै भयो चट्टै बोलको गीत बजारमा आएको हो । झलेन्द्र अधिकारीको शव्द तथा खुमन अधिकारीको लयमा रहेको आयुर्वेदिक सम्बन्धीको गीत सन्देशमुलक तथा मनोरञ्जनात्मक देखिन्छ । मायाप्रेमको सेरोफेरोमा मात्र लोकदोहोरी गीत संगित आउने गरेका छन् भन्ने आरोपलाइ पनि यो गितले गतिलो जवाफ दिएको देखिन्छ । आयर्वेदिक गीतको म्युजिक भिडियो पनि तयार पारिएको तिर्सना म्युजिक प्रालिले जनाएको छ । बद्लिदो समय र व्यस्त जीवनका क्रममा मानिसहरुले धेरै रोग तथा स्वास्थ्य समस्या भोग्नुपरेको वर्तमान परिस्थितीमा आयुर्वेदिक औषधी पनि एक प्रभावकारी उपचारको दरिलो क्षेत्र बन्दै गएको र यसको महत्वका बारे यस गीतले अझ जानकारी दिने गीतकार झलेन्द्र अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१