समग्र पर्यटन उद्योगलाई एउटै मैदानमा उभ्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल सुरक्षित भएको सन्देश प्रवाह गराउने तथा पर्यटन उद्योगलाई एकताको सुत्रमा बॉध्ने मुख्य उदेश्यले हुन गइरहेको ‘पर्यटनमैत्री फुटबल प्रतियोगिता–२०७३’ को उद्घाटन गृहमन्त्री शक्ति बहादुर बस्नेतले गर्ने भएका छन् ।
लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेसको आयोजनामा नयॉ वर्ष २०७३ को अवसरमा बैशाख ३ र ४ गते गरिने सो प्रतियोगितामा समग्र पर्यटन उद्योगमा रहेका धेरैभन्दा धेरै संघसस्थाहरुलाई सहभागि हुने भएका छन् । पर्यटन उद्योगका २० भन्दा बढी संघसस्थाहरुलाई एउटै मैदानमा सहभागि गराएर नकाउट सिस्टममा खेलाइने पत्रिकाले जनाएको छ । राजधानीको सानो गौचरणमा खेलाइने सो खेल दुई दिनको हुनेछ । बैशाख ३ गते शुक्रवार विहान ९ बजे उद्घाटन हुने खेल बेलुका ४ बजेसम्म खेलाइने छ । खेल पर्यटन उद्योगमा अहिलेसम्मकै सवैभन्दा ठूलो हुने भएकाले सवै उत्साहित भएको पत्रिकाका अध्यक्ष अनिल नेपालीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागि समग्र टिमका कप्तान पर्यटनविद् आङछिरिङ शेर्पा रहेका छन् । यो समाचार तयार पार्दासम्म प्रतियोगितामा सहभागि हुन जम्मा १७ टिमले टिम दर्ता गरिसकेका छन्, जसमध्ये एक टिम सञ्चारकर्मीहरुको रहेको छ । प्रतियोगिताका लागि दर्ता क्रम अझै जारी रहनुको साथै करिब तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
प्रतिक्रिया