टी-२० विश्वकपमा कसले कति रकम पुरस्कार पाए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७२, बिहीबार ०७:१०
khelभारतमा आइतबार सम्पन्न विश्वकप टी-२० क्रिकेटको उपाधि वेष्टइण्डिजले हात पारेको छ।
दोस्रो पटक विश्वकपको उपाधि उचालेको वेष्टइण्डिजले फाइनलमा इंल्याण्डलाई पराजित गर्‍यो। यो विश्वकपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले १ करोड अमेरिकी डलर भन्दा बढी रकम पुरस्कार वितरण गर्‍यो।
आइसिसीले यस विश्वकपमा कुन टोलीलाई कति दियो?
वेष्टइण्डिजः २० लाख ५० हजार
ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि विजेता वेष्ट इण्डिजले २० लाख अमेरिकी डलर नगद हात पारेको छ। उसले इंल्याण्डलाई हराउँदै उपाधि विजेता भएकोमा १६ लाख अमेरिकी डलर, सुपर टेनका ३ खेल जितेकोमा ५० हजार डलरका हिसाबले थप १ लाख ५० हजार अमेरिकी डलर र विश्वकपमा सहभागी भए वापत ३ लाख डलर गरेर कुल २० लाख ५० हजार अमेरिकी डलर हात पारेको छ।
इंग्ल्याण्डः १२ लाख ५० हजार
फाइनलमा वेष्ट इण्डिजसँग ४ विकेटले पराजित भएको इंग्ल्याण्डले यसपटक १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएको छ। उसले उपविजेता भए वापत ८ लाख, सुपर टेनमा ३ खेल जिते वापत डेढ लाख र सहभागिभए वापत ३ लाख गरेर १२ लाख ५० हजार हात पारेको हो।
न्युजिल्याण्डः ९ लाख
ट्वेन्टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा हार्ने न्युजिल्याण्डले ९ लाख अमेरिकी डलर पाएको छ। सेमिफइनलमा हारेबापत ४ लाख,सुपर टेनका सबै चार खेल जितेवापत २ लाख र विश्वकपमा सहभागी भएबापत ३ लाख गरी ९ लाख अमेरिकी डलर पुरस्कार पाएको छ।
भारतःसाढे ८ लाख डलर
ट्वेन्टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा हार्ने भारतले साढे ८ लाख अमेरिकी डलर हात पारेको छ। सेमिफाइनलमा हार्ने टिमका लागि ४ लाख डलर पुरस्कारको व्यवस्था थियो। भारतले सुपर टेनका ३ खेल जितेर १ लाख ५० हजार थप गरेको हो भने प्रतियोगितामा सहभागी भएबापत ३ लाख डलर पाएको थियो।
दक्षिण अफ्रिका : ४ लाख
सुपर टेनबाटै बाहिरिएको दक्षिण अफ्रिकाले कुल ४ लाख अमेरिकी डलर पुरस्कार पाएको छ। उसले सुपर टेनमा २ खेल जितेवापत १ लाख र प्रतियोगितामा सहभागी भएवापत ३ लाख पाएको हो।
अष्ट्रेलियाः ४ लाख
सुपर टेनबाटै बाहिरिएको अष्ट्रेलियाले कुल ४ लाख अमेरिकी डलर पुरस्कार पाएको छ। उसले सुपर टेनमा २ खेल जितेवापत १ लाख र प्रतियोगितामा सहभागी भएवापत ३ लाख पाएको हो।
श्रीलंकाः ३ लाख ५० हजार
सुपर टेनबाटै बाहिरिएको डिफेन्डिङ च्याम्पिउन श्रीलंकाले यो विश्वकपमा कुल ३ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएको छ। उसले सुपर टेनमा १ खेल जितेवापत ५० हजार र प्रतियोगितामा सहभागी भएवापत ३ लाख पाएको हो।
पाकिस्तानः ३ लाख ५० हजार
सुपर टेनबाटै बाहिरिएको पाकिस्तानले कुल ३ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएको छ। उसले सुपर टेनमा १ खेल जितेवापत ५० हजार र प्रतियोगितामा सहभागी भएवापत ३ लाख पाएको हो।
अफगानिस्तानः ३ लाख ५० हजार
सुपर टेनबाटै बाहिरिएको फगानिस्तानले कुल ३ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएको छ। उसले सुपर टेनमा १ खेल जितेवापत ५० हजार र प्रतियोगितामा सहभागी भएवापत ३ लाख पाएको हो।
बंगलादेशः ३ लाख डलर
सुपर टेनमा कुनै पनि खेल नजितेको बंगलादेशले यो विश्वकपमा ३ लाख डलर मात्र पुरस्कार पाएको छ। उसले प्रतियोगितामा सहभागि भए वापत उक्त पुरस्कार पाएको हो ।
यस्तै प्रतियोगितामा सहभागी भएका प्रारम्भीक चरणका सबै देशहरूले ३-३ लाख डरल पुरस्कार पाएका छन्।
यस्तै आईसिसिले हरेक प्रतियोगितामा प्लेयर अफ दि म्याचलाई १० हजार अमेरिकी डलर पुरस्कार दिएको छ। setopati बाट साभार 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१