दुइ नायिकाको ट्याटु देखाउने आ-आफ्नै तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७२, बिहीबार ०६:५५
पहिरनका बिषयमा नायिका करिश्मा मानन्धरलाई अन्य नायिकाले सायदै टक्कर देलान् । चालिस बर्ष कटिसक्दा पनि करिश्माको सुन्दरतामा कुनै कमी आएको छैन । सार्वजनिक कार्यक्रममा झनै उनी पहिरनको बिषयमा सर्वाधिक सजग हुन्छिन्। करिश्मा विशेषगरी सुन्दरतासँगै छात्तीमा खोपिएको ट्याटुले पनि विभिन्न समयमा चर्चामा आउँछिन् । यो कार्यक्रममा पनि वन पिस पहिरनमा पुगेकी करिश्माले ट्याटु देखाउन कसर छोडिनन् ।
यता, ट्याटुकै कारणले चर्चामा रहने नायिका सुष्मा कार्की पनि कार्यक्रममा देखिइन् । तर उनको ट्याटु देखाई भने करिश्माको भन्दा भिन्न थियो । पछिल्ला केही दिनयता सुष्मा हट बन्न हिचकिचाउँदिनन् । सायदै, उनको रुप यहाँ पनि देखियो । सुष्माले लगाएको वन पिस रातो पहिरन पछिल्लो भागमा मात्र होइन, अघिल्लो भागमा पनि खुबै खुलेको थियो ।
जसका कारण, पारदर्शी पहिरनमा उनको छाती छेउँमै खोपिएको ट्याटु क्यामेरामा सहजै कैद भयो । सायद सुष्मा पनि यही नै चाहन्थिन् होला । निक्कै खुलेको पहिरनले उनको जवानीलाई छरपष्ट पारिदियो । सुष्माका लागि हिजोआज खुलेको पहिरन लगाउनु अर्को एक फेशन नै बनेको छ । आफ्नो छातीमा खोपिएको ट्याटु देखाउने दुई नायिकाको तरिका पनि आफैमा भिन्न भिन्न खालको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१