पृथ्वीमा पहिलो जीव कसरी उत्पति भयो ? जीवनकाे प्रादुर्भाव सम्बन्धि रोचक तथ्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७२, बुधबार १४:१३

article-2588837-1C8D53DA00000578-624_634x366-750मानिसको स्मृति तथा परम्पराबाट ज्ञानलाई व्यवस्थित गर्ने प्रक्रियाको आरम्भ हुनभन्दा पूर्व कालमा जीवनको विषयमा हामीसँग जुनसुकै ज्ञान उपलब्ध छ त्यो अधिकांशतः परिवर्तित चट्टानहरुमा जीवहरुद्धारा छोडिएका चिन्हहरु त्था जीवावशेषहरुबाट प्राप्त गरिन्छ । चट्टानहरु, सलेटी पत्थर (ढुङ्गा) हरु, चुनढुङ्गाहरु, वा बालुवा पथ्थरहरुमा हामीलाई प्रागऐतिहासिक जल –बहावहरुको तरंग–चिन्हहरु तथा प्रागऐतिहासिक जलवृष्टिबाट बनेको गड्ढा सँगसँगै जीवहरुको हाडहरु, सीपहरु र कछुवाहरुको खोल, रेशा, वृक्षका जरा काण्ड र फल, पदचिन्ह र स्क्र्याच भएको निसान तथा यस प्रकारका अन्य चीजहरु सुरक्षित दस्तावेजहरुको अध्यावसायपूर्वक परीक्षण गरेपछि मात्र टुक्रा टुक्रा गरी तयार गरिएको हो । यो कुरा त आज सर्वविदीत । कमजोर चट्टानहरु धेरै स्पष्टतासँग स्तरमाथि स्तर गरी प्राप्त हुँदैन, यी खुम्चेका, झुकेका, एक अर्कोमा धसिएका र टुटेफुटेका तथा आपसमा यस्ता मिश्रित हुन्छन् जस्तो की पटक पटक लुटिएका तथा जलाईएका कुनै पुस्तकालयका पुस्तकहरुको पाना अस्तव्यस्त अवस्थामा परेका हुन्छन् । आजीवन समर्पित प्रयासहरुपछि मात्र यिनलार्य क्रमबाट व्यवस्थि तगर्न तथा पढ्न सकिन्छ ।

लेखक

लेखक

भू–गर्वशास्त्री प्राचीनतम् चट्टानहरुलाई जन्तुविहीन चटटनहरु भन्दछन् । किनकी यी चट्टानहरुमा जीवनहरुको कुनै संकेत हुँदैन । उत्तरी अमेरिकामा यी जन्तुबिहीन चट्टानहरुको धेरै ठूलो क्षेत्र यस्तो रहेको छ की जसको अध्ययन अहिलेसम्म गरिएको छैन तथा यी चट्टानहरुको मोटाई यति छ की भू–गर्वशास्त्री यो मान्दछन् की ती चट्टानहरुले भू–गर्वीय रेकर्डको आधारको प्रतिनिधित्व गर्दछन् । म यस गम्भीर महत्वको तथ्यलाई दोहोर्याइदिउँ कि धर्तीमा जमिन र समुन्द्रको बीचको फपरकको प्रथम पटक स्पष्ट भएको समयपछि को अन्तरालको आधारमा हामीलाई जीवहरुको अस्तित्वको कुनै पनि संकेत प्राप्त हुँदैन । प्रथम संभव जीवावशेष स्पष्ट छैन तथा अहिलेसम्म तिनलाई पूर्ण रुपले व्याख्या गरिएको छैन । तर, क्रमशः जसरी जसरी हामीले पछिका रेकर्डहरुतर्फ बढ्दछौं, त्यसरी–त्यसरी अतीतको जीवहरुको संकेत प्रचुर मात्रामा उपलब्ध हुन्छन् तथा ती धेरै सुवोधगम्य पनि हुन्छन् । विश्व–इतिहासको त्यस युगको विषयमा स्पष्टतः विस्तृत एवम् व्यापक ज्ञान उपलब्ध छ, भू–गर्भशास्त्री निम्न पुराजैविकको नामले सम्बोधित गर्दछन् । यस युगको अश्मिभूत समुन्द्री उपत्यकाहरुमा साना सीपिहरुको खोल, वनस्पतिहरुको काण्ड र फूलको जस्तै माथिल्लो भाग, समुन्द्री शैलाव, समुन्द्री किराहरु एवम् पर्पटी (एक किसिमको औषधीय बनस्पति) हरुको पदचिन्ह आदि विविध प्रकारका अवशेष प्राप्त हुन्छन् । सर्वप्रथम वनस्पति जुम्राजस्तै जीव देखा पर्दछ । यस्तो घस्रिने जीव जसले स्वयम्लाई लपेटी एक बेलुनसमान बनाउन सक्दथे, जस्तो वनस्पति जुम्रा गर्दछन्; यिनलाई ट्रिलोबाइट भनिन्छ । यसको कैयौं लाख वर्षपछि समुन्द्री बिच्छुहरुको आगमन हुन्छ जुन आफ्नो पूर्ववर्ती समस्त जीवहरुको तुलनामा अत्यन्तै गतिशिल र शक्तिशाली थिए ।

यिनीहरु मध्ये कुनै पनि जीव धेरै ठूलो आकारका थिएनन् । सबभन्दा ठूलो आकारको जीवहरुमा केही समुन्द्री बिच्छु हुन्थे, जसको लम्बाई नौ फिट हुन्थ्यो । यस युगमा धर्तीमाथि जीवहरुको, वनस्पतिहरु र जनावरहरुको, कुनै अस्तित्व थिएन तथा समुन्द्रहरुमा पनि माछाहरु र कशेरुकी जीव अहिलेसम्म प्रकट भएका थिएनन् ।

पृथ्वीको इतिहासको यस युगबाट जुन बनस्पतिहरु तथा जीवहरुले आफ्नो अस्तित्वको प्रमाण छोडेका छन्, ती सबै अनिवार्यतः कम गहिरो समुन्द्री किनाराहरु तथा कहिले पानीसहित र कहिले पानीविहीन हुने स्थानहरुका जीव छन् । तर पनि यो ध्यान दिनु उचित हुन्छ की सम्भवतः निम्न पुरावैजिक युगका चट्टानहरुले हामीलाई यस्तो केही पनि उपलब्ध गराउँदनन् जसबाट हाीलाई हाम्रो धर्तीमा जीवहरुको प्रथम प्रादुर्भावको विषयमा केही ज्ञान हुन सकोस् । जबसम्म कुनै जीवको शरीरमा हाडहरु तथा कठोर भाग हुँदैनन् जबसम्म यिनमा कठोर खोल हुँदैन अथवा शरीर पर्याप्त रुपले ठूलो र वजनदार हुँदैन जसले धर्तीमा आफ्नो पदचिन्ह तथा हिड्ने निशान अंकित गर्न सकोस् तबसम्म यी जीव धर्तीमा आफ्नो अस्तित्वको अश्मिभूत प्रमाण छोड्न सक्दैनन् । आज हाम्रो धर्तीमा कोमल शरीर भएका जीवहरुका लाखौं प्रजातिहरु छन्, जसको बारेमा हामीले कल्पना पनि गर्न सक्दैनौं की ती भाव भू–गर्वशास्त्रीहरुको खोज्नको लागि कुनै पनि चिन्ह छोड्न सक्छन्।

p033w7wn-750

हाम्रो धर्तीको अतीतमा यसमा यस्ता जीवहरुको संभवतः लाखौं–करोडौं प्रजातिहरु रहे होलान्, आफ्नो संख्यामा वृद्धि गरे होलान र फले, फूले होलान् तर ती कुनै चिन्ह वा अवशेष नछोडिकन गए । हुनसक्छ की तथाकथित अजैव युगको तातो एवम् कम गहिरो तालहरु त्था समुन्द्रहरुको पानी अनन्त प्रकारको जेलीजस्तै खोलरहित एवम् हाडरहितजीवनहरुको अस्तित्वको सम्पूर्ण रेकर्ड होइन जस्तो की एक बैंक खाता नजिकै रहेका सबै मानिसहरुको रेकर्ड हुन्छ । जब जैव –प्रजातिहरु द्रव–स्रावको माध्यमको खोपडी या खोल, सियोजस्ता हाडहरु अथवा कछुवाको खोपडी जस्तो आवरण अथवना चुनाको मद्दतले काण्डजस्तो चीजहरुको निमार्ण गर्दछन् जुन भविष्यको लागि सुरक्षित रहन सक्दछ, तब त्यो हाम्रो लागि रेकर्ड बन्न पाउँदछ । छोडिएका रेकर्ड पछि नष्ट पनि हुन सक्छन् । ती चट्टान जसबाट हाम्रो पृथ्वीको माथिल्लो सतह बनेको छ, तगातार घर्षण र अपघटित भइरहेको छ र कहिलेकाहिँ त पूर्ण रुपले पग्लिएर रसायनिक रुपान्तरणसँगै नयाँ रुपमा ढल्न जान्छ । यो संभव प्रतीत हुन्छ की प्राचीतम् जीवावशेष, जसमध्ये धेरै कुनै समय राम्रोसँगले सुरक्षित रहेको होस्, चट्टानहरुको यस धीमा, परन्तु निरन्तर चलिरहने पुननिमार्णको प्रक्रियाद्धारा ध्यस्त गरी बिनष्ट गरिदिएको होस् ।
तर, जीवाश्मीभूत अवशेषहरुलाई धारण गर्न चट्टानहरुको पूर्वयूगीन चट्टानहरुमा असंयुक्त कार्वनको एक रुप ग्रेफइट पाइन्छ, तथा केही वैज्ञानिकहरुको मान्यता छ की हुन सक्छ की यी अज्ञात जीवहरुको जैविक क्रियाहरुद्धारा यौगिकबाट अलग्ग गरिदिएको होस् ।

लेखक, (१८६६ –१९४६) एक जना प्रख्यात अंग्रेजी उपन्यासकार, पत्रकार, समाजवादी चिन्तक र इतिहासकार हुन् । हामीले उनको यो लेख A Short history of the world बाट लिएका हौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१