राज्यको लापरबाहीका कारण कुसुन्डा जाति लोप हुने अवस्थामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७२, बुधबार १३:५८

राज्यसुर्खेत २४ चैत्र । राज्यको संरक्षणमुखी नीति हुन नसक्दा आफूहरु लोपोन्मुख अवस्थामा पुगेको कुसुन्डा जातिले गुनासो गरेका छन् । कुसुन्डा विकास समाज दाङ्गका अध्यक्ष धनबहादुर कुसुन्डाले राज्यको लापरबाहीका कारण कुसुन्डा जाति लोप हुने अवस्थामा पुगेको बताउनुभएको छ ।

राज्यको सम्पत्तिका रुपमा रहेको भाषा, संस्कृतिको संरक्षणमा योजना बनाउन नसक्दा लोप भएर जाने अवस्था आएको उनीहरुको भनाइ छ । देशका करिब आठवटा जिल्लामा छरिएर रहेका कुसुन्डा जातिको एकीकृत बस्ती विकास गर्नुपर्ने, जाति संरक्षणका लागि राज्यले योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने र युवालाई उच्च शिक्षालगायतका माग राखेका छन् । राउटे उत्थान प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य प्रेमबहादुर राम्जाले नेपालको जनसङ्ख्या २०६८ अनुसार कुसुन्डा जातिको जनसङ्ख्या २७३ जना रहेको जानकारी दिनुभयो । नेपालको मध्यपश्चीमका दाङलगायत रोल्पा, प्यूठान, सुर्खेत जिल्लामा कुसुन्डा जाति बसोबास गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१