रन्जित प्रसाईको अध्यक्षतामा मिडिया नेपाल झापा शाखा गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७२, मंगलवार १८:०५
jhapaझापा । रन्जित प्रसाईको अध्यक्षतामा मिडिया नेपाल झापा शाखा गठन भएको छ ।  राष्ट्रबादी पत्रकारहरुको संगठनको रुपमा चिनिएको पत्रकारको संगठन हो । प्रसाईको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा अर्जुन राजबंशी, विजय बराल, सचिन सुव्वा, शारदा खवास, सञ्जु शिवाकोटी, रवि ओझा र यमुना आचार्य रहेका छन् ।jhapa 1
 
 
मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलले झापा शाखा घोषणा गरेका हुन् । गत चैत १ गते राजधानीमा केन्द्रिय कमिटी गठन भएको मिडिया नेपालको पुर्वाञ्चलमा पहिलो पटक झापामा शाखा बिस्तार गरिएको अध्यक्ष पौडेलले बताए । मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वाञ्चल संयोजक इन्द्रसिंह राजबंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै सत्तासीन राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले छिमेकी भारत र चीनसंग असल सम्बन्ध कायम गर्न वर्तमान सरकार असफल बनेको दावी गरे । उनले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरुले पनि प्रभावकारी रुपमा काम गर्न नसकेको स्वीकार गरे । देशमा भ्रष्टाचार बढ्दै गएकोले अब पत्रकारहरुले भ्रष्टाचार बिरुद्ध कलम चलाउनुपर्ने उनको सुझाव थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१