खाना खाइरहेको होटल भत्किँदा डडेल्धुरामा १६ जना घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७२, मंगलवार १६:५१
डडेल्धुराडडेल्धुरा । डडेल्धुरामा मंगलबार बिहान यात्रुहरुले खाना खाइरहेको होटल भत्किँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले दिएको जानकारी अनुसार अमरगढी नगरपालिका क्षेत्रभित्रै पर्ने बैतडी समराई होटल मंगलबार अपरान्ह पौने १२ बजेतिर भत्कँदा खाना खान लागेका यात्रु घाइते भएका हुन्। अवस्थीले होटल नयाँ भएको र पछाडितिरको भागमा सिमेन्ट गारो प्रयोग नगरी ढुंगामात्र राखिएकाले धेरै चाप धान्न नसकेपछि ढुंगा सर्दा होटल भत्किएको बताए। होटलमा धनगढीबाट अछाम जाने दुई बसका याुत्र खाना खान बसेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१