नाममा विज्ञान विषयको एसएलसी परीक्षा दिने श्यामसिंह कुशवाहा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७२, मंगलवार १६:३८
slcभरतपुर ।  वैदेशिक रोजगारी लागि कतार गएका दाइको नाममा विज्ञान विषयको एसएलसी परीक्षा दिइरहेका भरतपुर–९ का १९ वर्षीय श्यामसिंह कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय उच्च माध्यमिक विद्यालय कान्तिबजारका विद्यार्थी रामजी सिंह कुशवाहा ५ महिना पहिले कतार गएपछि उनको ठाउँमा नक्कली परीक्षार्थी बनेर भाइ श्यामसिंह कुशवाहा एसएलसी दिइरहेको क्रममा त्रिभुवन उच्च माध्यमिक विद्यालय गौशाला परीक्षा केन्द्रबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालका प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताए।
राष्ट्रिय उच्च मावि कान्तिबजारमा कक्षा ८ मा अध्ययनरत कुशवाहालाई परीक्षा मर्यादा उल्लंघनसम्बन्धी मुद्दा चलाइएको छ। प्रवेशिका परीक्षा (एसएलसी) मा अरुको तर्फबाट परीक्षा दिने र परीक्षालाई अमर्यादित तुल्याउनेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१