धुर्मुस सुन्तलीको लोटे चर्पीमा (भिडियोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार १५:१४

काठमाडौँ । सरसफाइको विषयमा निर्माण भएको सर्ट मुभि लोटे चर्पी सार्वजनिक गरिएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत उक्त

जनचेतनामुलक फिल्म सार्वजनिक गरिएको हो । सरसफाई र शौचालयको महत्व, आवश्यकता एवं प्रयोगबारे आम नागरिकलाई जानकारी गराउन कोडेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमा लोटे चर्पी निर्माण गरिएको हो । नवलपरासी र काठमाण्डौँमा खिचीएको यस सर्ट फिल्मले समाज फेरीएको कथा प्रस्तुत गरेको छ । लोटे चर्पीले पानी बोकेर बारीको पाटा वा खुला स्थानमा दिशा गर्नेहरु प्रति व्यंग्य गर्दै सरसफाइमा लाग्न प्रेरणा दिनेछ ।Lote Charpi Dhurmus Suntali साथै लोटे चर्पीलेखुला ठाउँमा दिशा पिसाब गर्दा भोग्नु पर्ने अनेक समस्यालाई पनि रमाइलो ढंगले समेटेको छ । देशलाई खुला दिशामुक्त बनाउने अभियानमा सर्ट मुभि लोटे चर्पीले सघाउ पुर्याउने कोडेफका अध्यक्ष गुणराज श्रेष्ठले बताएका छन् । लोटे चर्पीमा धुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाल लामा, वर्षा खड्का, सुरज आर्चाय, विनोद राई, विष्णु बुढाथोकीलगायत देखिएका छन् । लोटे चर्पीमा धुर्मुस के छु की थेगोसहित काकुलाल पात्रको भूमीकामा देखिएका छन् । चलचित्रको कथा,पटकथा एवं संवाद हाँस्य टेलिश्रृंखला भद्रगोलका अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल –जिग्री ले तयार गरेका हुन् । धुर्मुस सुन्तलीको निर्देशन रेको लोटेचर्पीलाई सुदिप बरालले खिचेका छन् । हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१