‘जानी जानी’ प्रेमिकाले धोका दिए पछी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार १३:३४
 प्रेमीको पैसामा प्रेमिकाको रासलिला हो ‘जानी जानी’
बिगत १ दशकदेखि संचार छेत्रमा सक्रिय संचारकर्मी अर्जुनराज गित गजलको सिर्जनामा पनि सक्रिय नाम हो । रेडियो मा होस् या टेलिभिजनमा उनले संचालन गर्ने हरेक कार्यक्रम उत्कृष्ट र लोकप्रिय त हुन्छन नै साथै बौद्दिकताको सुचिमा पनि रहन्छ । त्यस्तै उनले शिर्जना गर्ने गित र गज़ल मा पनि ओजन अथवा गहिरो कथा र मिठासपनको तह भेटिन्छ । यथार्थ बिषय परक चिजले हृदयलाई बढी छुन्छ भन्ने मान्यताका यिनको पछिल्लो गित ‘जानी जानी’ गल्ति भयो यसको एउटा उदहारण हो ।
गरिबीका कारण आफ्नी प्रेमिकाको खुशी किन्न नसकेपछि बिदेसियको प्रेमीले देखेको सपना र बिदेसमा १८ घण्टा सम्म मेसिन जस्तै जोतियर कमायर पठायको पैसामा प्रेमिका कसरि राशलीला मनाउछिन भन्ने बिष मा तयार भयको सुन्दर गित र त्यसको दृश्य सामग्री हेर्दा हरेक युबा एकपट्क सोच्न बाध्य हुन्छ । हो यहि अहिलेको यथार्थसंग जोडीयको अर्जुनराजको पछिल्लो गित अहिले सांगीतिक बजारमा चर्चा कमाउदैछ् ।

‘नयाँ गायक संगीतकारसंगको सहकार्यपनी मलाइ फापेको छ’ भन्दै उनले गायक बादल थापा र संगीतकार राजकुमार प्रति खुशी ब्यक्त गर्न समेत भ्याय  । गीतको भिडियो चलाउने बहानामा ग्ल्यामरको

भद्दापन प्रयोग गरेर दर्शक बटुल्ने चलन प्रति दुख ब्यक्त गर्दै रचनाकार अर्जुनराजले बजारमा आउने तयारीमा रहेको अर्को गित समाजमा प्रतिष्ठा गुम्ला कि भन्ने डरले मात्र सम्बन्ध टिकायका श्रीमान श्रीमती को कथा भाब सहितको हुने बताए भने आफु सोलो एल्बमको तयारीमा रहेको पनि जोड्न भ्याय महक ईन्टरटेन्मेन्टसँगको छोटो बसाईमा ।
रचनाकारहरुको अक्सर लगानीमा गित संगीतको बजार अहिले टिकेको यो समयमा गितमा स्तरीयता हुनुपर्छ र यसैको एउटा उदहारण हो ‘जानी जानी गल्ति भयो आगो माथि हात हाल्नु ।’
स्मरण रहोस गितको भिडियो निर्देशक रोशन कुमार र म्युजिक एरेन्जर राम कार्की हुन् । फाट फुट अभिनयमा पनि देखिने अर्जुनराज यो गीतको भिडियो मा पनि हाबी देखिन्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१