नेजस अमेरिकाका कावा सभापति केसीलाई अधिकांश च्याप्टरहरुको समर्थन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार १३:२९

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाका कार्यवाहक सभापति धनञ्जयनरसिंह केसीलाई समिति अन्तर्गत रहेका विभिन्न च्याप्टरका सभापतिहरुले खुलेर समर्थन गरेका छन् । कावा सभापति केसीको अध्यक्षतामा २ अप्रिल, २०१६ शनिबार बसेको समितिको बैठकमा यादव दुलाल, राजेन्द्रकुमार थापा, भोजराज घिमिरे, डा. चिरञ्जिवी भट्टराई, प्रेमबहादुर पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, रोशन ढुंगाना, राज सेनचुरी, सरिता ओली लगायतका छन् ।ध

यस्तै बैठकमा उपस्थित हुन नसकेका च्याप्टर सभापतिहरु कर्मा शेर्पा, प्रियरञ्जन दाहाल, ददी अधिकारी र होम चटौतले पनि समर्थन गर्ने पत्राचार गरेका थिए । च्याप्टर सभापतिहरुले आगामी तीन महिनाभित्र साधारण सभा बोलाउने समेत निर्णय गरेका छन् । उक्त साधारणसभाबाट धेरै कुराको छिनोफानो गर्न कानुनी रुपमा सहयोग पुग्ने बताइएको छ ।

बैठकले संस्थाको हितका लागि अगाडि बढन कार्यवाहक सभापति केसीलाई निर्देशन दिएको थियो । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले सञ्चालन गर्नुभएको बैठकमा उपसभापति सीपी पौडेल, कोषाध्यक्ष बिजय थुलुङ, सचिव भोजराज थोकर तथा ज्ञानेन्द्रबहादुर कार्की, ओम भट्टराई लगायतका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त बैठकमा कनेक्टिक च्याप्टरका सभापति यादव दुलाल, न्यू हमसर च्याप्टरका राजेन्द्रकुमार थापा, सिकागो च्याप्टरका सभापति भोजराज घिमिरे, नर्थ क्यारोलिनका सभापति डा. चिरञ्जिवी भट्टराई, अस्टिनका सभापति प्रेमबहादुर पाण्डे, टेक्सासका सभापति ज्ञानेन्द्रबहादुर कार्की, न्यूयोर्कका सभापति रोशन ढुंगाना, रोड आइल्याण्डका सभापति सरिता ओली लगायतका च्याप्टर सभापतिहरुको उपस्थिति रहेको थियो ।

युटाहाका सभापति प्रियरञ्जन दाहाल, फ्लोरिडाका सभापति दीप चटौत र न्यू मेक्सिको चैप्टरका का मू सभापति दधि अधिकारी, वासिङ्टन च्याप्टरका सभापति कर्मा शेर्पाले आफूहरु बैठकमा उपस्थित हुन नसके पनि बैठकका सम्पूर्ण निर्णयहरु स्वीकारयुक्त भएको जनाएका थिए । बैठकमा संस्थाका निलम्बित सभापतिले शुरुदेखि हालसम्म गरेका नौ बुँदे गल्तीहरु र तत्काल उनले अपवित्र गठबन्धन गरि संस्थालाई डुबाउन खेल्दै आएको भूमिकाका बारेमा च्याप्टर सभापतिहरुले खुलेर विरोध गरेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको सकृय च्याप्टरहरूलाई निस्क्रिय बनाउन शक्तिको दुरूपयोग गर्दै , आफूसंग विमति राख्ने च्याप्टर सभापतिहरूलाई पटक पटक कार्वाही गर्ने धम्की दिई , विवाद ल्याई संगठनलाई कमजोर बनाउँन खोजेको, संस्थाका सल्लाहकार, विभाग, मनोनीत सदस्य चयन देखि नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि प्रतिनिधि छर्नौट गर्दा सम्म निर्वाचित कार्यसमितिमा अनुमोदन नगरी संगठनको विधि, पद्धति, प्रकृया र विधान समेतलाई वेवास्ता गर्दै, अवैधानिक र गैर लोकतान्रीक तवरले छनौंट गरी पार्टीको मर्म र गरिमामा समेतमा आँच पुर्याई संगठनको गरिमा घटाएको, भुकम्प पिडितको नाममा उठाएको आर्थिक सहयोग रकम अझैं फस्र्यौट नगरिएको र पार्टीलाई बुझाउन पठाएको रकम आफूखुशी बाँडेको, नेपाल डे परेडको अलोकतान्त्रिक गठबन्धन गरी संस्थाका बहुसंख्यक साथीहरूलाई गुमराहमा राखि राजनैतिक रूपमा अत्यन्तै खतरनाक नतिजा आउन सक्ने सम्भावनालाई नकार्दै ब्यक्तिगत स्वार्थका लागि संगठनको नाम बेचेको, आफ्नो संगठनलाई मजबुत बनाउँनको साटो अन्य संस्थाहरूको वकालत गर्दै, आफ्नै सकृय साथीहरूसँग खरो उत्रिएको, संगठन विस्तारमा विल्कुलै चासो नराखि, कृयाशिल सदस्यहरूको संख्या बढाउन कुनै पहल नगरेको ।

उल्टो सुनियोजित तवरले आफ्नै सहकर्मी साथीको कृयाशिल पार्टीमा दर्ता नै नगराएको र अहिले सम्म अमेरिकाको कृयाशिलबाट उठेको रकम र सदस्य सँख्याको समितिमा जानकारी नै नगराएको र संगठनको आन्तरीक गोपनीयता संस्था भन्दा बाहिरका व्यक्ति र संगठनमा पु¥याउने काम गरेको भन्दै केही दिन अगाडि बसेको बैठकले नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाई निलम्बन गर्दै वरिष्ठ उपसभापति धनञ्जयनरसिंह केसीलाई कार्यवाहक अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१