बेलायती राजकुमार दम्पतीले शाहरुख र ऐश्वर्यालाई भेट्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार १३:१७
बेलायती राजकुमार विलियम तथा राजकुमारी केट मिडल्टनले बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री ऐश्वर्या रायलाई भेट्ने भएका छन् ।

अप्रिल १० देखि १६ तारिखसम्म हुने भारत भ्रमणका क्रममा बलिउडका अन्य कलाकारलाई पनि भेट्ने बताइएको छ । बेलायती राजदम्पतीले बलिउड कलाकारसँग च्यारिटी डिनर गर्नुका साथै रमाइलो गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

शाहरुख खान र ऐश्वर्या रायको नाम भीआईपीमध्ये निश्चित गरेको र अन्यको नाम तय हुन बाँकी रहेको भारतका सञ्चारमाध्यमले जनाएका छन् । रेड कार्पेटमा उनीहरूले डान्स, म्युजिकल पर्फमेन्स तथा फेसन सो हेर्ने आधिकारिक वक्तव्यमा उल्लेख गरिएको छ ।

भ्रमणका क्रममा राजकुमार विलियमका पिता चाल्र्सले स्थापना गरेको ब्रिटिस एसियन ट्रस्टका लागि चन्दा संकलन गरिने कार्यक्रम रहेको छ । कार्यक्रम ब्रिटिस हाई कमिसनको सहयोगमा गर्न लागिएको हो ।

भ्रमणमा राजदम्पती ताज होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ । जुन होटेलमा सन् २००८ मा एक सय ६६ जनाको आतंककारी हमलामा हत्या भएको थियो । तीन सयभन्दा धेरै घाइते भएका थिए । उनीहरूले ती मृतकको सम्मान कार्यक्रममा सहभागी हुने र अन्य स्टाफसँग भेट्ने योजना पनि बनाएका हुन् ।

अप्रिल ११ मा उनीहरू भारतको राजधानी नयाँदिल्ली आएर ब्रिटिस हाई कमिसनले आयोजनाको गरेको रानी एलिजावेथ दोस्रोको ९० औं जन्मदिन मनाउने कार्यक्रम छ । उनीहरूले आग्राको ताजमहल, सेन्ट्रल इन्डियालागायतको भ्रमण गर्ने योजना रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१