वेस्ट इन्डिज विश्व टि ट्वान्टी च्याम्पियन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार ११:११

काठमाडौं २२ चैत (एजेन्सी) इंगल्यान्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिज विश्व टि ट्वान्टी च्याम्पियन बनेको छ । भारतको कोलकातामा भएको फाइनलमा पहिले ब्याटिंग गरेको इंगल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य वेस्ट इन्डिजले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गर्यो ।

अन्तिम ओभरमा १९ रन चाहिने अवस्थामा ब्याटिंगमा आएका वेस्टइन्डिजका कार्लोस ब्राथवेटले लगातार ४ छक्का हानेपछि २ बल बाँकी छँदै वेस्टइन्डिजले विजय पाएको हो । वेस्ट इन्डिजका लागि मार्लन स्यामुएल्सले ८५ रन जोडे ।

यो जितसँगै वेस्ट इन्डिज दुई पटक टि ट्वान्टी विश्वकप जित्ने पहिलो टिम बनेको छ । आजै भएको महिलातर्फको टि ट्वान्टीमा पनि वेस्ट इन्डिज नै च्याम्पियन बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१