एसएलसी परीक्षा : म्यासेन्जर र भाइबरबाट चिट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७२, सोमबार ०९:२७

सिन्धुली २२ चैत। प्रवेशीका परीक्षा (एसएलसी) मा मोबाइलको भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाइएको पाइएको छ ।chat chit
परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बारिह रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गर्ने गरिएको पाइएको हो ।

उक्त प्रश्नपत्रका आधारमा उत्तरसमेत तयार गरी पुनः भाइबर वा म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइएको हो ।
परीक्षाको पहिलो र दोस्रो दिन सिन्धुली जिल्ला सदरमुकाम माढीभित्रकै परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरमार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमबाट उत्तर विद्यार्थीसम्म पुर्याने नयाँ तरिका अपनाइएको पाइको शिक्षकले आरोप लगाएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१