भष्टाचार र कालोबजारी बिरुद्ध संयुक्त बिद्यार्थीे आन्दोलनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार २०:४३

julusलक्ष्मीराज पाध्याय / बाजुरा
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा कालोबजारी र भष्ट्राचार बिरुद्ध संयुक्त बिद्यार्थी संगठनहरुले नारा जुलुस सहित बिरोध जनाएका छन । पछिल्लो समयमा कालोबजारी तथा भष्ट्राचार बढ्दै गएको र यसमा स्थानिय प्रशासन देखि सम्बन्धित निकाय मौन बसीरहेको भन्दै यसका बिषयमा चासो नदेखाए कडा आन्दोलनमा जानुको बिकल्प नरहेको संयुक्त बिद्यार्थी संगठन बाजुराले जनाएको छ । julus 1
कालोबजारी र महङगीका कारण सर्वसाधरणहरुले दुख पाइरहेको जिल्ला स्थित अनेरास्ववियु, नेबिसंघ ,अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थी संगठनले यी कुराहरुलाई तह नलायमा कडा आन्दोलनमा जाने चेतावनि समेत दिएका छन । जुलसलाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारी राजेन्द्र बिकले आफ्नो पाटि सरकारमा भएपनि नभएपनि यस्ता भष्टाचार बिरुद्ध आफ्नो संगठन लागी रहने बताए । यस्तै निबिसंघका जिल्ला उपाध्यक्ष जनक थापाले अहिलेको सरकारले भष्ट्राचारीहरुलाई संरक्षण गरेकोआरोप लगाए । अनेरास्वबियु अनुसान केन्द्रिय बिभाग सदस्य कृष्ण बमले कालोबजारीको मुख्य दोसी स्थानीय प्रशासन रहेको र पटक पटक बजार अनुगमन नगरेकोर साथै जिल्ला शिक्षा कार्यालयले बिद्यार्थी पाठ्यपुस्तक देखि शैक्षिक क्षेत्रमा ब्यापक अनियमितता गरेको आरोप समेत लगाएका छन ।
कालोबजारी, महगीका साथै भष्ट्राचार लाइ अहिलेको सरकार तथा स्थानिय प्रशासनले चासो नदेखाएमा र साझा मागहरुलाइ सम्बोधन नगरिएमा साझा सवालमा बिद्यार्थीहरु एकजुट भइ कडा आन्दोलन समेत गर्नै चेतावनी संयुक्त बिद्यार्थी संगठन गर्न ेबताएका छन । जुलुस बजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा जम्मा भइ कोण सभाको आयोजना गरी सम्पन्न भएको छ ।
फोटो ः बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा गरिएको आन्दोलन
लक्ष्मीराज पाध्याय
बाजुरा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१