महतको सफल शल्यकृया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार २०:२५

mahatकाठमाडौ । नेपाली काँग्रेसका नेता तथा पुर्ब अर्थमन्त्री डा.रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया गरिएको छ । केही दिनअघि आफ्नै घरमा लडेर घाइते भएका उनको धापासी स्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा शल्यक्रिया गरिएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डे नेतृत्वको डाक्टरहरुको टिमले डा. महतको शल्यक्रिया गरेको हो ।
डा महतको कुर्कुच्चाको जोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उपचारमा संलग्न डा. पाण्डेले जानकारी दिए । ‘अप्रेशन सफल भएको छ, उहाको सवास्गमा सुधार भईरहेको छ, आरामाके लागी भने अझै केही दिन अस्पतालमा बस्नुपर्ने छ,’ डा पाण्डेले भने ।
शल्यक्रीयापछि फिजिकल थेरापिकालागि डा महतलाई केही दिन अस्पतालमै राख्नुपर्ने डा. पाण्डेले जानकारी दिए । महत गएको बुधबार अपरान्ह आफ्नै घरको भ¥याङबाट लडेका थिए । बायाँ गोडामा चोट लागेपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१