कोइलाखानी भत्किँदा उत्तरी पाकिस्तानमा तीनको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार १४:४६

पेसावर  । शनिबार उत्तरी पाकिस्तान हिमाली ओराकजाई जिल्लामा कोइलाखानी भत्किँदा तीनजनाको मृत्यु भएको छ ।

कोइलाखानीमा काम गरिरहेकाबेला भएको उक्त दुर्घटनामा कोइलाखानीका तीन श्रमिकको मृत्यु भएको र कैयौँ अरु खानीभित्र थुनिएको यहाँको खानी सुरक्षार्थ अटिएका अर्धसैनिक दस्ताको स्थानीय कार्यालयले जनाएको छ ।

खानीमा पुरिएर रहेका केही श्रमिकलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने हराएका अन्य श्रमिकलाई उद्धारका लागि सुरक्षाकर्मीले पुरिएको खानीबाट भत्किएको माटोलाई हटाउने काम भइरहेको छ । रासस/एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१