सरकारले फ्रि भिसा–फ्रि टिकट हटाउन लागेको खुलाशा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार ११:५७

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान हटाउने तयारी गरेको छ ।बैदेशिक

वैदेशीक रोजगार सहज नभएको भन्दै व्यवसायीहरुले आन्दोलन गरेपछि सरकारले बोलाएको वार्तामा  ‘फ्रि भिसा फ्रि टिकट’ पछि असन्तुष्ट व्यवसायीहरुले  शुल्क वैधानिक तोक्नुपर्ने माग गरेका छन् ।

व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालयले सरकारले गरेको निर्णय र व्यवसायीको मागको बिचबाट समाधान गर्नुपर्ने प्रस्ताव राखेको छ ।

स्रोतका अनुसार मन्त्रालयले घुमाउरो पाराले यसलाई स्वीकार्ने मनस्थिति बनाएको छ। सरकारबाट सकारात्मक निर्ण हुने संकेत पाएपछि शुक्रवारबाट संघले पूर्वस्वीकृति लिने काम खुला गरेको छ।

प्रतिक्रिया