मेलम्चीलाई राजधानीवासीले अझै एकवर्ष कुर्नुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार ०९:०२

melamchiकाठमाडौं ।   मेलम्चीको पानी आउने आशामा बसेका राजधानीवासीले अझै एकवर्ष कुर्नुपर्ने भएको छ । निर्माण अवधि बढेसँगै लागत पनि एक अर्व रुपैयाँ थपिने भएको छ ।    ठेक्का पाएको कम्पनीको धिमा गति, भुकम्प र भारतको नाकाबन्दीका कारण काम अवरुद्ध भएकाले ढिलाई भएको हो । सरकारले २०७० असारमा आयोजनाको जिम्मा इटालियन कम्पनी सीएमसी डी रेभेन्नलाई दिएको थियो । सम्झौता हुँदानै २०७३ वैशाख १ देखि राजधानीवासीको घर–घरमा मेलम्चीको पानी आउने घोषणा तत्कालीन सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले गरेका थिए ।   मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं आयोजना प्रमुख घनश्याम भट्टराईले भूकम्प र नाबान्दीका कारण इन्धन अभाव हुन गई झन्डै १० महिना सुरुङ खन्ने काम अवरुद्ध भएकाले ढिलाई भएको बताए । आजको कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१