इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ। शनिवार साँझ भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो।
खेलको २६ औं मिनेटमा लफ्टरको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो। यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पाटोले चेल्सीको अग्रता दोब्बर पारे। पहिलो हाफमा दुई सून्यको अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्यो।
खेलको ४६ औँ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीको अग्रता ३–० मा पुर्याए। यस्तै पेड्रोले नै खेलको ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए।
जितसँगै ३१ खेलबाट ४४ अंक जोडेको चेल्सी लिग तालिकाको ९ औँ स्थानमा उक्लिएको छ भने एस्टनभिल्ला ३२ खेलबाट १६ अंकका साथ लिगको पुछारमा छ।
प्रतिक्रिया