१५ वर्षे बालकले गरे भुकम्प पीडितका लागि २० लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार ०६:४७

भुकम्प पीडितकाठमाडौं ।   १५ वर्षिय बालकले भुकम्प पीडित सहयोगार्थ जम्मा गरेको करिब २० लाख नेपाली रुपैयां (बीस हजार अमेरिकी डलर) प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् । जिरा एसियाली बक्सिङ महासङ्घका उपाध्यक्ष तथा थाइल्यान्ड बक्सिङ सङ्घका अध्यक्ष डा पिचाइका छोरा हुन् ।

शनिबार प्रधानमन्त्री निवाश बालुवाटार पुगी डान चुन हाभा जिराले प्रधानमन्त्री राहत कोषका लागि बीस लाख नगद हस्तान्तरण गरेका हुन् ।
परिवारका अन्य सदस्य तथा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा जिराले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

कक्षा १० मा अध्ययनरत जिराले बैंककमा आफू अध्ययनरत स्कुलमा आफ्नी बहिनीसंग मिलेर सहयोग संकलनार्थ साङ्गीतिक कार्यक्रम गरेका थिए । सोही सङ्कलित रकमलाई बक्सिङ संघको पहलमा राहत कोषमार्फत भूकम्पपीडितको सहयोगार्थ हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१