एकै घरका बाबु, अामा र छोरा सँगै एसएलसीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० चैत्र २०७२, शनिबार १०:५७
slcकेही वर्षअघिसम्म उनीहरुमा पढाइप्रति मोह थिएन। घरबार थियो। छोराछोरी भए। छोराछोरी स्कुल भर्ना भए। पढ्दै थिए। घरबारको जिम्मेवारी पनि उत्तिकै बढ्न थालेको थियो। अन्नपूर्ण पोस्ट  दैनिकमा समाचार छ।
आठ वर्षअघि श्यामकुमार झाँक्रीमगर आफ्नै छोराछोरी पढ्ने निम्नमाध्यामिक स्तरको विद्यालयमा व्यवस्थापन समितका अध्यक्ष भएका थिए। अहिले पनि उनी त्यही पदमा छन्।
तर अहिले विद्यालय माध्यामिक तहको विद्यालयमा अध्यक्ष हुनका लागि न्यूनतम एसएलसीको योग्यता तोकेपछि उनी झसंग भए। भर्खरै विद्यालय सुधारका काम अघि बढाइरहेका उनलाई अध्यक्ष हुने मोह अझै छ। अनि उनी दुई वर्षअघि आफू अध्यक्ष भएको विद्यालयमै कक्षा ८ मा भर्ना भए।
उनी भर्ना भएपछि श्रीमती पिंमालीले पनि पढ्ने रहर गरिन्। गाउँमा धेरैजसो महिला पढेलेखेका छैनन्। त्यसमाथि पनि छोराछोरी हुर्काइसकेको मान्छे।
चारजना छोराछोरीका बाबुआमा भइसकेको उनीहरु अहिले कान्छो छोरासँगै एसएलसी दिदैँछन्। एउटै परीक्षाकेन्द्रमा। ४८ वर्षका झाँक्री, ३८ वर्षकी उनी श्रीमती अनि १६ वर्षका उनका छोरा प्रदीप झाँक्री अहिले सँगसँगै एसएलसी दिइरहेका छन्।
बिहीबार पहिलो दिन स्कुलकै ड्रेसमा सजिएर बाबु, आमा र छोरा सतबरियास्थित राप्ती उच्चमावि उचानिम्बुस्थित परीक्षाकेन्द्रमा परीक्षा दिन जाँदा सबैजना चकित भएका थिए। अाफ्नो क्षेत्रको स्कुलको विकासका बारेमा पटक पटक त्यही स्कुलमा छलफल गर्नअाउने झाँक्री बिहीवार भने स्कुल ड्रेसमा अाएका थिए, श्रीमती र छोरासँगै परीक्षा दिन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१