यो सूइ एकपटक लगाए वर्षदिन कन्डम लगाउन नपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० चैत्र २०७२, शनिबार ०७:२७
condom1एजेन्सी । पुरुषले गर्भनिरोधको लागि यौनसम्पर्कको बेला हरेकपटक कण्डम लगाउनुपर्ने झन्झट अब नहुने भएको छ ।
लामो समयको अनुसन्धानबाट अनुसन्धानकर्ताले एउटा इन्जेक्सनको विकाश गरेका छन् जसले एकपटक पुरुषले लगाएमा १ वर्षसम्म विना कन्डम यौनसम्पर्क गर्दापनि गर्भ रहँदैन ।
 
अनिच्छित गर्भ रोक्न पुरुषको लागि कण्डम र भ्यासेक्टोमीबाहेक अन्य साधन छैन । कण्डम हरेक ठाउँमा सजिलै पाइन्छ र यसले कयौं यौनरोग रोक्न पनि मद्धत गर्छ । तर हरेक पटक यौनसम्पर्कमा प्रयोग गर्नुपर्दाको झन्झट र गर्भरहने सम्भावना पनि १ प्रतिशत कायम नै छ ।
 
भ्यासेक्टोमी भरपर्दो र प्रभावकारी छ तर यो स्थायी समाधान हो ।
 
अहिलेसम्म पुरुषको लागि लामो समयसम्म चल्ने अस्थायी गर्भनिरोधक साधनको विकाश हुन सकेको छैन । अहिले अनुसन्धानकर्ता विकाश गरेको वसलजेल निकै महत्वपुर्ण उपलव्धी मानिएको छ । खरायोमा गरिएको प्रयोगले यो इन्जेक्सनको असर एक वर्षसम्म भएको पाइएको छ ।
 
शोधका प्रमुख अमेरिकाको शिकागो स्थित इलिनॉय यूनिवर्सिटीका प्रफेसर डॉनल्ड वाल्लरका अनुसार खरायोमा गरेको प्रयोगको नतिजा आशा गरेभन्दा बढी थियो । वसलजेलले लामोसमयसम्म गर्भनिरोधको अस्थायी समाधान दिन्छ ।
 
यस खोपमा भएको गुण मानिसको गर्भनिरोधक बनाउन निकै महत्वपुर्ण छ ।
वेसलजेल नामको खोप महङ्गो भएपनि अब छिट्टै यसलाई मानिसमा परीक्षण गरेर विकाश गर्ने योजना भएको पारसेमस फाउंडेशनका कार्यकारी निदेशक इलेन लिसनेरले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१