थाइल्यान्ड घुम्न जाँदै हुनुन्छ? थाइल्यान्डका यी रोचक कुरा बुझेरमात्र जाऔं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० चैत्र २०७२, शनिबार ०७:२०
thailandएजेन्सी । थाइल्यान्ड घुम्न जाने योजनामा हुनुहुन्छ भने तपाईले थाइल्यान्डको बारेमा केही जानकारी पक्कै लिएर जानुहोला । थाइल्यान्ड संसारभरिमा घुम्नको लागि लोकप्रिय छ । यो देशको बारेमा केहि रोचक जानकारी निम्न छन् ।
१) यो देशमा अंडरवेयर नलगाइ घरबाट बाहिर निस्कनु गैरकानुनी छ ।
 
२) यहाँका मानिसहरु निधारलाई सबैभन्दा पबित्र अंग मान्छन् ।
 
३) ९५ प्रतिशत थाइ मानिस बौद्ध धर्म मान्छन् ।
 
४) विश्वमा पाइने जनावरमध्ये १० प्रतिशत जनावरको प्रजाती यो देशमा पाइन्छ ।
 
५) यो देशमा संबैधानिक राजतंत्र छ र यहाँका मानिस राजारानीलाई भगवान सरह मान्छन् ।
 
६) बैंकक संसारको धेरै गर्मी शहरमा एक हो । फागुन चैत सबैभन्दा गर्मी महिना हो । यो महिनामा मानिसहरु सोंगक्रन चाड मनाउँछन् । जुन होली जस्तै हुन्छतर रंगको साटो पानी मात्र खेल्छन् ।
 
७) विश्वको सबैभन्दा लामो सर्प पाइथनको प्रजाति यहाँ देख्न पाइन्छ ।
 
८) रामाकिन यहाँको महाग्रन्थ हो र यो रामायणको थाइ भर्जन हो ।
 
९) थाइल्यान्डको अर्थ स्वतन्त्र ल्यान्ड हो । थाइल्यान्ड देशलाई पहिला सियाम देशको नामले चिनिन्थ्यो । यो देशमा कहिल्यै पनि कसैले कब्जा गर्न सकेनन् ।`

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१