रसुवा । राजधानीबाट नजिक रहेर पनि विकास र बजेटले खासै छुन नसकेको रसुवा आजभोली विकासतर्फ लम्किरहेको छ । पछिल्लो वर्षयता रसुवामा प्रत्यक्ष निर्वाचित माननीय सासंद् जनार्दन ढकालको प्रयासमा विकासको ढोकाहरू खुल्दैछन् । रसुवा आफैंमा बागमती अञ्चलको कर्णालीका रुपमा चिनिएको थियो । हालसम्म करोडमाथिका योजना आएका थिएनन । तर जिल्लाबाट निर्वाचित भएका युवा तथा विकास प्रेमी नेता जनार्दन ढकाल गाउँ गाउँमा विकास निर्माण गर्न अहोरात्र खटिरहेका छन् ।
सांसद् ढकालको पहलमा गाउँ गाउँमा सडक, खानेपानी, विद्यालय तथा सामुदायिक भवनलगायतका विकास निर्माणको कामले तिव्रता पाउँदै छ । जिल्लाको हरेक गाउँमा सडक, विजुली, खानेपानी र अन्य क्षेत्रको विकास गर्नको लागि दिन–रात सास्द जनार्दन ढकाल खटिइरहेका छन् । सासंद् ढकालकै प्रयासमा अर्थमन्त्रालयबाट करोडौं बजेट विनियोजन भई सडक निर्माण तथा भवन निर्माणको कामहरू अघि बढेको छ । सासद् ढकालकाअनुसार कोलेडाँडा–आपचौर–चिति–खाल्चेत–किचार्जुङ्ग–घुम्ती सडक कालोपत्र गर्नको लागि २० करोड ५१ लाख, ठूलो भार्खु–ठूलो स्याफ्रु सडक कालोपत्रे गर्न ८ करोड ६२ लाख र ठूलो भोर्ले–बाँसभन्ज्याङ–पार्टीखर्क–पार्च्याङ ट्रयाक खोल्नको लागि ३ करोड रुपियाँ विनियोजन भएको छ । यस्तै धैबुङ ५ कालिकास्थानमा सभाहलसहित एकीकृत सेवा केन्द्र भवन निर्माण गर्नको लागि ८ करोड बजेट विनियोजन भएको छ । यसको निर्माण कार्य सुरु भएको छ । यस्तै रोङ्गा–गोल्जुङ–गत्लाङ सडकको लागि ४ करोड २० लाख रुपियाँ विनियोजन भएको छ ।
यी बाहेक सासंद् ढकालकै प्रयासमा गल्छी–मैलुङ्ग–स्याफ्रुबेशी सडक लागि १ अर्ब १० करोड ३४ लाख विनियोजन भएको छ । यसको निर्माण जिम्मा नेपाली सेनाले लिएको छ । २ वर्षभित्र दुई लेनको सडक निर्माण गरी चीन–नेपालको व्यापारलाई तिव्रता दिनको लागि यो सडक महत्वपूर्ण हुने बताइएको छ । यसले रसुवा जनताको मुहार त फेरिनेनै छ साथै राष्ट्रिय विकासमा समेत ठूलो योगदान पुग्नेछ ।
यस्तै स्याउबारी–लौकिल–यार्सा सडकको लागि पनि सासंद् ढकालको पहलमा १५ करोड, बेत्रावती–कालिकास्थान–धुन्चे सडकको स्तरोउन्नतीको लागि १२ करोड बजेट विनियोजन भएको छ । साथै रसुवामा एकीकृत भन्सार स्थापना गर्नको लागि पनि करिव १ अर्ब रुपियाँ विनियोजन भई निर्माण कार्य सुरु भएको छ ।
नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका विकासप्रेमी सासंद् जनार्दन ढकालले चुनावमा जनतासँग गरेका बाचाहरू पुरा गर्दै भएको र जनतालाई खुसी बनाउन अहोरात्र खटिरहेको स्थानीयबासिहरू बताउँछन् । उनले संसद् विकास कोषको रकम जनताकै विकासमा लगाएका छन् भने क्षेत्र विकास कोषमार्फत पनि थप बजेट जिल्लाको विकासमा लगाएका छन् ।
सासंद् ढकालको विकास प्रतिको संकल्प र मेहनतको कारण खुसी भएका छन् । रसुवाबासी भन्छन्, हामीले अपेक्षा गरेको भन्दा पनि ठूला ठूला विकासका मुलहरू जिल्लाम सासंद् ढकालले ल्याइएरहेका छन् जुन हामी रसुवाको लागि ज्यादै गौरवको विषय हो । सासंद् ढकाल भन्छन्, म रसुवा जनताको चाहना पुरा गर्न र रसुवाको विकास गर्नको लागि जुनसुकै काम गर्नको लागि अहोरात्र खटिने छु, मेरो सपना छ रसुवा समृद्ध बनाउने । langtangnews बाट साभार
प्रतिक्रिया