काठमाडौं । ‘हाम्रा बाआमाले नि एउटा अक्षर पनि चिन्या होइनन्, हामी पनि पढ्या छैनम् । गाउँमा स्कुल त छ तर हाम्रो बच्चलाई पढाउँदैन् क्यारे । पढाउन हुँदैन नी । पढाएपछि त बर्बाद हुन्छ । जंगलमा बाँदरको सिकार गर्न पाइन्न रे पढेपछि । बाँदर मारेरै हाम्रो जीविका चल्या छ । छोराछोरीलाई पढायो भने भोलिपर्सी बाँदर खान हुँदैन रे । होस् बरु पढेको भन्दा नपढेकै आनन्द ।’
के हुन्छ र पढेर ? हाम्रा छोराछोरीलाई पनि स्कुल जान दिँदैनम् । गत साता अछामबाट काठमाण्डु आएका प्रेम शाहीले राष्ट्रिय सभागृहको एक छेउको सल्लाको रुखलाई छहारी बनाएर टुसुक्क बसेका थिए । अनि यसरी आफ्नौ जीवनशैलीको बारेमा बर्णन गर्दै थिए एकै सासमा ।
अाजकाे कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया