सञ्चार केन्द्रको आयोजनामा काभ्रेमा ४०० जनाको निःशुल्क आँखा परीक्षण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार ०८:३६

photoकाठमाडौं  ।  सकारात्मक विकास सञ्चार केन्द्रले काभ्रेमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । काभ्रेको शिखर आम्बोटेमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा, नेपाल टर्की फाउण्डेशन र शिखर आम्बोटे प्रवासी समुख दोहा कतारको सहयोगमा तीन दिन सञ्चालित शिविरबाट ४०० लाभान्वित भएको आयोजकले जनाएको छ। शिविरमा २१ जनाको निःशुल्क मोतियाविन्दूको अपरेसन भएको संस्थाका अध्यक्ष भीम लामाले जानकारी दिए । शिविरमा तीन घन्टाको पैदल हिँडेर उपचारका लागि बृद्धबृदाहरू आएको बताउँदै लामाले भने, “आफ्नै गाउँघरमा आँखाको उपचार गराउन पाउँदा बिरामीहरू खूशी भएका छन्। “अप्रेसनपछि नयाँ जीवन पायौं”, विरामीलाई उद्धृत गर्दै लामाले भने, “आँखा नदेख्दा अन्धकारमा जीवन विताउनु परेको थियो ।” संचार केन्द्र पछिल्लो समय भूकम्प पीडितका लागि राहत तथा विभिन्न सामाजिक काममा सक्रिय रहँदै आएको छ।photo 1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१