ब्राजिल समूह विजेता हुँदै प्रि क्वाटरफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७१, मंगलवार १६:०८

काठमाडौं, १० असार   । आयोजक ब्राजिल विश्वकप फुटबलको प्रिक्वाटर फानइलमा पुगेको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा क्यामरुनलाई ४–१ को फराकिलो अन्तरले हराउँदै ब्राजिल समूह एको विजेता बनेर प्रि क्वाटर फाइनलमा पुगेको हो ।10418187_913441635338351_4845169773218116146_n
समूह चरणमा क्यामरुनलाई तेश्रो हार चखाउने क्रममा ब्राजिलका नेयमारले २ तथा फ्रेड र फर्नाण्डिनोले एक एक गोल गरे ।
१७ औं मिनेटमा ब्राजिलले नेयमारको गोलमा अग्रता लिएपनि २६ औ मिनेटमा माटिपले क्यामरुनका लागि बराबरी गोल फर्काएका थिए । नेयमारले नै ३४ औ मिनेटमा अर्को गोल गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए । फ्रेडले दोश्रो हाफको पाचौ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता फराकिलो पारेको खेलमा फर्नाण्डिन्होले ८४ औ मिनेटमा अर्को गोल थपेका थिए । जितपछि नेयमारले आफूले बिना कुनै दबाब आफ्नो सपना साकार पार्न खेलेको भन्दै ब्राजिल सहि बाटोमा रहेको र आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको प्रतिक्रिया दिएका छन् । ब्राजिलका प्रशिक्षक फिलिप स्कोलारीले मध्यान्तरमा मैदान छिरेका फर्नान्डिन्होले गोल गर्न सकेकाले आफू थप उत्साहित भएको बताए । क्यामरुनविरुद्धको खेलमा ब्राजिललाई जिताउन २ गोल गरेको नेयमार यो प्रतियोगितामा अहिलेसम्मका उच्च गोलकर्ता बनेका छन् । उनले प्रतियोगितामा ४ गोल गरेका छन् । ३ गोल गर्नेको सूचीमा भने ५ जना छन् । इक्वेडरका इनर भ्यालेन्सिया, फ्रान्सका करिम बेञ्जिमा, जर्मनीको थोमस मुलर, नेदरल्याण्ड्सका आर्जेन रोबेन र रोबिन भान पर्सीले ३–३ गोल गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१