सुरक्षीत यौन व्यवहारका लागि यसरी गराै कण्डमकाे सही प्रयाेग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार ०७:५९
condomsसुरक्षीत यौन व्यवहारका लागि कण्डमलाई महत्वपूर्ण मानिन्छ । तर, यसको सहि प्रयोग गर्ने बारेमा भने सबैमा पर्याप्त जानकारी नहुन सक्छ । जसले गर्दा यौन व्यवहार असुरक्षित बन्न सक्छ । परिवार नियोजनका लागि प्रयोग गरिने साधन, कण्डमको सहि प्रयोग गर्न नजाने गर्भ रहने खतरा पनि हुन्छ । त्यसैले कण्डमको सहि प्रयोग गर्न यी कुराहरुमा ध्यान दिनुहोस् ।
 
१.कण्डमको मिति सकिएको हो वा छैन जाँच गर्नुहोस् ।
 
२.कण्डमको भित्र हावा छ कि छैन भनि जाँच गर्नुपर्छ । हावा लिकेज भएको कण्डमले मिति नसकिएको भए पनि राम्रो काम नगर्न सक्छ ।
३.कण्डम झिकिसकेपछि उक्त कण्डममा चिल्लोपदार्थ छ वा छैन जाँच गर्नुपर्छ ।
४.कण्डम पनि सुल्टो र उल्टो हुन्छ । कण्डमको टुप्पोलाई भित्रबाट निकालेर तीन औँलाले टुप्पोमा टपक्क समाउनु पर्छ । यसो गर्दा, वीर्य स्खलन भईसकेपछि वीर्य रहने ठाउँ रहन्छ र कण्डममा हावा रहँदैन । ख्याल गनुहोस् यो समयमा नङले कण्डमलाई छुनु हुदैँन ।
५.त्यसरी समातिएको कण्डमलाई, उत्तेजित लिङ्गमा ध्यान पुर्याएर लगाउनुहोस् । कण्डम लगाउने क्रममा उक्त कण्डमभित्र हावा पस्नुहुदैँन । र वीर्य रहने ठाउँ पनि आवश्यक हुन्छ ।
६.वीर्यस्खलनपछि कण्डमलाई लिङ्गबाट बाहिर निकाली, गाँठो पारेर जलाईदिनुहोस् वा खाल्टो खनेर पुरिदिनुहोस् । यसलाई ट्वाईलेटमा नहाल्नुहोला किनकी यसमा १० लिटर सम्म पानी अट्न सक्छ जसको कारण तपाईहरुको ट्वाईलेट जाम पनि हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१