सिके राउतको सनसनीपूर्ण अन्तर्वार्ता लिने पत्रकारको बयान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार ०७:४६

सुशील पाण्डे  । सिके राउत अमेरिकाबाट फर्केर विगत केही समयदेखि मुलुक विखण्डनको अभियान चलाइरहेका छन् । उनले तराई नेपालको उपनिवेश भएको दाबी गर्दै आएका छन् । मुलुकको अखण्डता र सार्वभौमसत्तालाई चुनौती दिएको आरोपमा पटकपटक पक्राउ खाँदै र छुट्दै आएका छन् । म पत्रकार भन्दा पहिला नेपाली नागरिक हुँ । मेरो लागि मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता प्यारो छ ।

sushil- pandey-ck raut

व्यक्तिगत रुपमा सिके राउतको अभियनलाई कहिल्यै सही ठान्न सक्दिन । तर, पनि मैले अंगालेको पेशाले मलाई आफ्नो निजी विचारबाट प्रभावित हुन दिँदैन । यो पेशामा लागेपछि आफूलाई मनपरेका, नपरेका, आफ्नो विचार वा सोचाई मिल्ने वा नमिल्ने सबै मानिससँग काम गर्नुपर्छ । मैले लिएको सिके राउतको अन्तर्वार्ता बुधबार राति साढे ९ बजे प्रसारण भयो । एउटा पत्रकार जसले कसैको अन्तर्वार्ता लिइहरेको छ भने सो व्यक्तिका बारेमा समाजमा हुने गरेका सकारात्मक वा नकारात्मक चर्चा र टिप्पणीबारे सोध्नैपर्छ । मेरो दाबी छ कि म आफ्नो टेलिभिजन स्क्रिनमार्फत जनताका मनोविज्ञान बोलेको हुन्छु ।

जनताकै तहबाट अतिथिलाई प्रश्न गर्ने गर्छुृ । सिकेलाई पनि मैले त्यही गरें । मैले उनलाई अन्तर्वार्तामा सोधेको छु , ‘तपाईं खुलेआम देश टुक्र्याउने भन्दै हिड्नुभएको मानिस हो, तपाईंलाई राष्ट्रद्रोही करार गरेर जेल किन नाहाल्ने ? तपाईंजस्तो विद्वान मानिसले पश्चिमा शक्तिको ‘फण्डिङ’ मा नेपाल टुक्रेयाउने अभियानमा हुनुहुन्छ ? मेचे, कोचे, झाँगढ, मुसहर, डोम मधेसका उत्पीडित सामुदाय हुन् । तपाईंको एजेण्डासँग उनीहरुलाई कुनै सरोकार छैन र समर्थन छैन ।

विदेशी शक्तिको सक्साहटमा शासक बन्ने महत्वाकांक्षा पालेर नचाहिंदो कुरा गर्दैं हिंड्ने ? यी र यस्तै प्रश्नहरु मैले सोधेको छु । उनले आफ्नो जवाफ दिएका छन् । अन्वर्ताका क्रममा उनले मधेसलाई नेपालको उपनिवेश दाबी गरे । जसरी भारत स्वतन्त्रता संग्रामका माध्यमबाट अंग्रेजको उपनिवेशबाट मुक्त भयो त्यसै गरी मधेसलाई नेपाली शासकबाट मुक्ति दिलाउने अभियानमा आफू हरेको बताए । उनको प्रतिप्रशन थियो, कि कुनै व्यक्तिले यदि मुलुकको सार्वभौमसत्तालाई चुनौती दिइरहेको छ भने अदालतले किन छोडिदिन्छ ? राउतले पक्राउ गरेर जेल हाल्न समेत चुनौती दिए ।

अन्तर्वार्ता प्रसारण भएपछि त्यसबारे मिश्रित प्रतिक्रियाहरु आइहरेका थिए । त्यही मेसोमा प्रेस काउन्सिलका जिम्मेवार व्यक्तिहरुबाट एबीसी टेलिभिजनमाथि कारबाही हुने खालको अभिव्यक्ति बाहिर आयो । म दाबीका साथ भन्न सक्छु मेरो संस्था र मैले व्यत्तिलगत रुपमा सञ्चार माध्यम र पत्रकार आचारसंहिता उल्लंघन गरेको छैन । पत्रकार जहिले पनि प्रतिपक्षी भूमिकामा रहन्छ । चाहे त्यो सत्तामा रहेको वा सत्ताबाहिर रहेको व्यक्ति होस् । स्टुडियोमा उभिएपछि पत्रकारले कहिल्यै उसको फेवरमा प्रश्न गर्दैन, क्रिटिकल नै हुन्छ । पत्रकार नागरिक हो ।

सञ्चार माध्यम लोकतन्त्रमा तेश्रो आँखाको भूमिकामा रहन्छ । रहेक व्यक्ति वा समूहका विचारलाई आलोचनात्मक कोणबाट जनतामा राख्ने काम हाम्रो हो । सिकेको उसको अभियानलाई सहयोग गर्ने नियमत न मेरो संस्था को हो न मेरो नै । राज्यलाई सिके राउत विखण्डनकारी लाग्छ भने कानूनी कारबाही गरे हुन्छ । जब उनी मधेसबाट राजधानी आएको एक साताभन्दा बढी भइसकेको छ । खुलेआम गतिविधि गरिरहेका छन् । मेरो स्टुडियोमा आएर अन्तर्वार्ता दिएर गए । प्रहरीले पक्राउ गरेर जेल हाले भयो । तर, हामीले स्वतन्त्र र निस्पक्ष रुपमा गरेको कामलाई लिएर मेरो संस्था र मेरो व्यसायिक धर्ममा औंला उठाउने काम हुँदा दुःख लागेको छ ।
(पाण्डेसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१