भूलेर पनि नखानुस मधुमेहका रोगीले यी ७ फल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार ०७:१०
हामिले आफ्नो दैनिक भोजनमा फलफूल खाने गर्नुपर्दछ । शरिरमा फलफूलले भिटामिन,कार्बोहाइड्रेड, र मिनरल जस्ता शरीरका लागि अत्यावश्यक पोषक तत्व प्रदान गर्दछ । फलफुल पोषक र उजाको राम्रो स्रोत हो तर प्रत्येक फलफुलमा एन्टिअक्सिडेन्ट र पौष्टिक तत्वको मात्रा अलग अलग हुन्छ । त्यसैले मधुमेह अर्थात सुगरका बिरामीहरुले भने यस्ता केहि फलफूलबाट टाढै रहनुपर्दछ ।मधुमेह भएका मानिसले ब्लड सुगर बढाउने फलहरु भूलेर पनि खानु हुदैन । विशेषत सुगरका रोगीले कुनै पनि फलफुल खानु अघि त्यसको जीआइ इन्डेक्स भ्यालु (ग्लाइसेमिक इन्डेक्स)हेनुपर्दछ । यदि यो ५५ वा त्यो भन्दा कम भएमा सुगर रोगीले खान मिल्छ । यसरी हेर्दा स्ट्रोवेरी,नासपाती र स्याउ आदि केही फल छन जसलाई सुगर रोगीले खान मिल्छ । यी फलहरुमा कार्वोहाइड्रेटको मात्रा अत्यन्त कम हुन्छ । यी त भए सुगर रोगीले खान हुने फलहरु यहाँ यस्ता ७ प्रकारका फल छन जुन सुगर रोगीले खानु हुदैन ।
१.आँप : आँपलाई फलफुलको राजा भन्ने गरिन्छ । आँपमा धेरै सुगर पाइने भएकाले मधुमेहका रोगीले आँप खानु हुदैन २.अंगुर अंगुरमा फाइवर,भिटामिन लगायत अत्याधिक मात्रामा पाइने हुँदा सुगरका रोगीले अंगुर सेवन गर्नुहुन्न । प्राप्त तथ्यांक अनुसार तीन औस अंगुरमा करीब १५ ग्राम कार्बोहाइड्रेटको मात्रा रहेका हुन्छ ।
३ भुइँ कटहर : यसमा जीआई भ्यालु ४६ देखि ७० को बिचमा हुन्छ सानो एकटुक्रा भुइँ कटहरमा पनि २० ग्राम कार्वोहाइड्रेट पाइने हुँदा मधुमेहको रोगीले भुइँ कटहर सेवन गर्नु हुदैन ।
४.केरा : केराको जीआई भ्याल्यू ४६ देखि ७० को बिचमा हुन्छ र आधा कप केरामा करिव १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । त्यसैले मधुमेहका रोगीको लागि केरा सेवन उपयुक्त हुन्न ।
५.तरबुजा : तरबुजामा फाइवर र क्यालोरी कम भएता पनि यसको जीआइ भ्याल्यू ७२ को नजिक हुने हुँदा साथै पर्याप्त मात्रामा भिटामिन ए र सी पाइने हुँदा मधुमेहका बिरामीको लागि तरबुजा उपयुक्त हुदैन ।
६.मेवा : यसको जीआई भ्याल्यू ५९ को नजिक हुन्छ । यसमा धेरै मात्रामा क्यलोरी र कार्बोहाइड्रेट पाइन्छ । त्यसैले मधुमेहका रोगीले मेवा खानु हुदैन ।
७.खजु्र : मधुमेहका रोगीले खान नहुने फलफुल मध्ये खजुर पनि प्रमुख हो । यस फलको जीआई भ्याल्यू १०३ हुन्छ । एक चौथाइ कप खजुरमा पनि करिब २४ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।
बिभिन्न स्वास्थ्य सम्वन्धि पत्रपत्रिका र साइडवाट 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१