प्रहरीको पोशाक लगाई लाखौं असुल्ने युवती पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७२, शुक्रबार ०५:५३
manjuसशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भन्दै आफ्नो नामथर समेत ढाँटेर रकम सापटी लिएर नतिर्ने चौविस वर्षिया कोपिला बोहरालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको छ ।
सिन्धुपाल्चोक जिल्ला माङ्खा गाविस वडा नम्बर ६ वस्ने बोहराले आफ्नो नाम ढाँटेर मञ्जु बुढाथोकी बताई रकम ठगी गरेको भन्ने जानकारी प्राप्त भएपछि खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।
बोहराले आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भनि ओखलढुंगा जिल्ला नारायणस्थान गाविस वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका ३४ पुरानो बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गरी वस्ने परदेश राईसँग १६ लाख रुपैयाँ लिएकोमा ११ लाख ७५ हजार रुपैयाँ फिर्ता नगरेको भनि राईले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकमा खबर गरेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका २५ महाँकाल वस्ने लक्ष्मी प्रधानसँग ६० हजार रुपैयाँ ठगी गरेको भनि प्रधानले समेत सो कार्यालयमा खबर गरेकी थिइन । उनीहरुले बोहराले दज्र्यानी चिन्हसहितको सशस्त्र प्रहरी बरिष्ठ हवल्दारको पोशाक प्रयोग गरेको तस्वीर समेत सो कार्यालयमा पेश गरेका थिए । त्यसपछि खटिएको एपीएफ टोलीले उनलाई माङ्खा गाविसस्थित ८० किलो भन्ने ठाउँबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१